भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

व्याख्यात्मक घोषणा सुनियोजित ढंगले जनतामा छरिएको भ्रम मात्रै होः नारायणकाजी

व्याख्यात्मक घोषणा सुनियोजित ढंगले जनतामा छरिएको भ्रम मात्रै होः नारायणकाजी

काठमाडौं । राष्ट्रघाती एमसिसी अनुमोदन भएको दिन जनताको लागि कालो दिन भएको जनताले गुनासो गरेका छन् । यो कालो दिन हो भनेर सडकमा आएका माओवादी कार्यकर्ताले पनि भनिरहेका छन् ।

एकातिर ढुंगा हान्न लगाउने नेतृत्व भित्र भित्रै पैसाका पछि लागेर एमसीसीको गुलियो चास्नी भित्र लतपतिदै कालोदिन निम्त्याउन कार्यकर्तालाई र जनतालाई भ्रमित पारेको भनेर बुझेका छन् । हुन पनि त्यस्तै भयो । फागुन १६ गते ।

नेपालको संसदबाट एमसीसी पारित हुन्छ भन्ने कल्पना अमेरिकाले गरेको थिएन होला तर नेपालका वीष पीउन पल्लेकाहरुले हाँसी हाँसी एमसीसी संसदमा टेवल गरे र अन्तत पास पनि गरेर छाडे । यो पास भएको दिनलाई जनताले कालो दिनको रुपमा लिएका छन् ।

यसैबीच नेकपा माओवादी केन्द्रका केही नेताहरुले यो राष्टघाती सम्झौताका रुपमा लिएका छन् । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना पास भएको दिनलाई कालो दिन भएको बताएका छन् ।  माओवादीसहित ५ दलीय सत्ता गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गरेको भएपनि उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

एमसिसी संसदबाट अनुमोदन भएपछि उनले भने, ’अन्तत व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसिसि सम्झौता संसदबाट अनुमोदन गराई छाडे । आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन् । सम्पुर्ण देशभक्त शक्तिहरु एकताबद्ध होऔं र नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौं ।’

उनले व्याख्यात्मक घोषणालाई सुनियोजित रुपमा देशभक्त जनतालाई भ्रम छनु बाहेक अरु केही नभएको संज्ञा दिए । राष्ट्रघाती एमसिसि सम्झौता संसदबाट अनुमोदनविरुद्ध सम्पुर्ण देशभक्त शक्तिहरु र नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर अघिबढाउन आह्वान गरे ।

 


Thali Mobile Pvt.Ltd.