भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

प्रधानमन्त्री ओलीको पदभार ग्रहण र मन्त्रीमण्डल

प्रधानमन्त्री ओलीको पदभार ग्रहण र मन्त्रीमण्डल

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । आज सोमबार पद तथा गोपनियताको शपथग्रहणसँगै प्रम ओलीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

त्यसअघि लैनचौरस्थित सहिद स्मारकमा माल्यार्पण गरेका थिए । साथै पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेका थिए । प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए । ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका हुन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका थिए।

मन्त्रीहरुको कार्यविभाजन
१‍ केपी शर्मा ओली, प्रधानमन्त्री
२ प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास
३ विष्णु पौडेल, उपप्रधान तथा अर्थ
४ पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय
५ रमेश लेखक, गृह
६ शरतसिंह भण्डारी, श्रम तथा रोजगार
७ आरजु राणा देउवा, परराष्ट्र
८ नवलकिशोर साह सुडी, महिला बालबालिका
९ बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी
१० दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति
११ देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात
१२ तेजुलाल चौधरी, युवा तथा खेलकुद
१३ प्रदीप यादव, खानेपानी
१४ प्रदीप पौडेल, स्वास्थ्य
१५ अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला
१६ बद्री प्रसाद पाण्डे, पर्यटन
१७ रामनाथ अधिकारी, कृषि
१८ विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि
१९ मानवीर राई, रक्षा
२० दीपक खड्का, जलस्रोत तथा ऊर्जा
२१ राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य
२२ ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण

 


Thali Mobile Pvt.Ltd.