भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

श्रमदानबाटै पूरा भयो सिँचाइको सपना

श्रमदानबाटै पूरा भयो सिँचाइको सपना

राँझा । कृषिमा आकाशे पानीको भर पर्दै आएका बाँकेको बैजनाथ गाउँपालिका–७ पेडारीवासीको सिँचाइको सपना श्रमदानबाटै पूरा गरिएको छ । वडाध्यक्ष दिनेशकुमार थारुको नेतृत्वमा पेडारीवासीले दुई दिनसम्म कुलो खन्नका लागि श्रमदान गरेपछि सिक्टा सिँचाइको पानी पेडारीगाउँमा पुगेको हो । दुई दिन लगाएर करिब पाँच सय मिटर कुलो खनेपछि गाउँमा पानी ल्याउन सफल भएको उहाँले बताउनुभयो ।

“सिक्टा सिँचाइको नहरबाट गाउँसम्म पानी आउने कुलो बनेको थिएन, आकाशे पानी पर्खदा धानखेती सुक्न थालेपछि कुलो खन्न जुटेका हौँ”,वडाध्यक्ष थारुले भन्नुभयो,“कुलो खन्ने बजेट नभएका कारण श्रमदानबाटै कुलो खन्नका लागि अगुवाइ गरेँ र पेडारीवासीले साथ पनि दिए ।”वर्षा नभएका कारण गाउँमा रोपाइँ हुनसकेको छैन भने भएको रोपाइँ पनि सुक्न थालेको छ । श्रमदानबाट निर्माण गरिएको कुलोबाट आएको पानीले पेडारी गाउँको उत्तर–पश्चिम क्षेत्रको करिब दुईसय बिघा जमिनमा सिँचाइ पुग्ने भएको छ ।

सिक्टा सिँचाइको पश्चिमी नहरअन्तर्गत बैजनाथसम्म पानी पुगेपनि सहायक नहर नबनेका कारण किसानको खेतबारीमा पानी पु¥याउन कठिन हुँदै आएको थियो। श्रमदानबाट कुलो खनेर गाउँमा पानी पुगेपछि पेडारी गाउँका किसानलाई खेतमा बाली लगाउन अब आकाशको भर पन नपरेको स्थानीयवासी सुदिप लामिछानेले बताउनुभयो । बाँकेमा लामो समयसम्म पानी नपर्दा ६० प्रतिशत खेत अझै बाझै छन् । पानी पर्ने आशमा जेनतेन रोपाइँ गरेका किसान पनि लामो समयसम्म पानी नपर्दा समस्यामा परेको बताउँछन् ।

आकाशे पानीको भरमा खेती गर्नुपर्ने जिल्लाका अधिकांश स्थानमा सिँचाइको अभावमा रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्रका अधिकृत दिनेश भट्टराईले बताउनुभयो । उहाँका अनुसार खेतीका लागि पर्याप्त पानी चाहिने बेलामै वर्षा नभएपछि जिल्लाका कयौँ स्थानको रोपाइँ हुन सकेको छैन भने अत्यधिक गर्मी र पानी अभावका कारण लगाएको बाली पनि सुक्न थालेको छ ।
असारको दोस्रो साता पहिलो पटक परेको पानी र सिँचाइ सुविधा पुगेका केही स्थानमा धान रोपाइँ गरेपनि आकाशे पानीकोभर पर्ने किसानको खेत बाँझै रहेको उहाँको भनाइ थियो ।

 


Thali Mobile Pvt.Ltd.