भर्खरै : Sorry, your browser does not support inline SVG.

श्रीमानले मट्टीतेल छर्केर आगो लगाइएकी वसन्ती समस्यासंग लड्दै

श्रीमानले मट्टीतेल छर्केर आगो लगाइएकी वसन्ती समस्यासंग लड्दै

सप्तरी । श्रीमानले मट्टीतेल छर्केर आगो लगाइएकी वसन्ती सदा समस्यासंग लड्दै छन् । भारतबाट फर्किएका श्रीमानलाई क्वारेन्टिनमा बस्न आग्रह गर्दा उल्टै उनलाई आगो लगाएका थिए । डेढमहिना उपचारपछि घर फर्किएकी उनी पहिलेजस्तो सजिलो दिनचर्यामा छैन ।

श्रीमानले हत्या गर्ने उद्देश्यसहित आगो लगाएपछि उनको जीवन समस्यै समस्याले घेरेको छ । आफू र ६ वर्षकी छोरीको जीवन कसरी धान्न आर्थिक संकटमा छन् । यसैबीच सुरुंगा नगरपालिका–३ लक्ष्मीपुरकी २५ वर्षीया वसन्ती सदालाई औषधि खरिद, पोषिलो खानेकुराका लागि उपप्रमुख विन्दादेवी पासवानले २२ हजार रुपैयाँ आर्थिक सहयोग गरेकी छन् ।

गत साउन ५ मा आगो लगाएपछि घाँटीमुनि र कम्मरमाथिको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएकी सदाको काठमाडौं कीर्तिपुर अस्पतालमा दिनको उपचारपछि उनी गत २६ असोजमा गाउँ फर्किएर माइतीघरमा बस्दै आएकी छिन् ।

 


Thali Mobile Pvt.Ltd.