भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

श्रीमानले मट्टीतेल छर्केर आगो लगाइएकी वसन्ती समस्यासंग लड्दै

श्रीमानले मट्टीतेल छर्केर आगो लगाइएकी वसन्ती समस्यासंग लड्दै

सप्तरी । श्रीमानले मट्टीतेल छर्केर आगो लगाइएकी वसन्ती सदा समस्यासंग लड्दै छन् । भारतबाट फर्किएका श्रीमानलाई क्वारेन्टिनमा बस्न आग्रह गर्दा उल्टै उनलाई आगो लगाएका थिए । डेढमहिना उपचारपछि घर फर्किएकी उनी पहिलेजस्तो सजिलो दिनचर्यामा छैन ।

श्रीमानले हत्या गर्ने उद्देश्यसहित आगो लगाएपछि उनको जीवन समस्यै समस्याले घेरेको छ । आफू र ६ वर्षकी छोरीको जीवन कसरी धान्न आर्थिक संकटमा छन् । यसैबीच सुरुंगा नगरपालिका–३ लक्ष्मीपुरकी २५ वर्षीया वसन्ती सदालाई औषधि खरिद, पोषिलो खानेकुराका लागि उपप्रमुख विन्दादेवी पासवानले २२ हजार रुपैयाँ आर्थिक सहयोग गरेकी छन् ।

गत साउन ५ मा आगो लगाएपछि घाँटीमुनि र कम्मरमाथिको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएकी सदाको काठमाडौं कीर्तिपुर अस्पतालमा दिनको उपचारपछि उनी गत २६ असोजमा गाउँ फर्किएर माइतीघरमा बस्दै आएकी छिन् ।

 


Thali Mobile Pvt.Ltd.