भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

संघीयतालाई बलियो बनाउन आवश्यक छः मुख्यमन्त्री

संघीयतालाई बलियो बनाउन आवश्यक छः मुख्यमन्त्री

काठमाडौं । संघीय व्यवस्थालाई अझै बलियो र प्रभावकारी बनाउन आवश्यक रहेको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताएका छन् ।

प्रदेश स्थापना तथा शहीद दिवस–२०७९ को शुभकामना सन्देश दिँदै उनले संघीय सरकारले प्रदेशलाई आवश्यक अधिकार नदिदा केन्द्रसँग नै निहित गरेको बताए । मुख्यमन्त्री शाहीले प्रदेश प्राप्तिको आन्दोलनको मर्म र शहीदको सपना पूरा गर्नका लागि पनि प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनु पर्ने बताए ।

उनले सहिदको सम्मानमा ‘सहिद स्मारक पार्क’ निर्माण गर्नुका साथै सहिद परिवारका सन्ततीहरुका लागि छात्रवृत्ति र ‘सहिद परिवार भत्ता’को व्यवस्था गरिएको बताए ।

मुख्यमन्त्री शाहीले दशकौंदेखि संघीय शासन व्यवस्थाका कारण पछाडि पारिएको कर्णालीलाई छुट्टै प्रदेशको माग गर्दै आन्दोलनको नेतृत्व गर्ने, सहभागी हुने र छुट्टै प्रदेश बनाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने सबैमा सम्मान व्यक्त गरे ।

प्रदेश प्राप्तिको आन्दोलनका क्रममा सुर्खेतका टीकाराम गौतम, यामबहादुर विसी, गोपालसिंह रजवार र जुम्लाका हरिबहादुर कुवँरको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.