भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

संघीयताविरुद्ध जनमोर्चा सडकमा आउँने

संघीयताविरुद्ध जनमोर्चा सडकमा आउँने

काठमाडौं । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा सङ्घीयताका विरुद्ध सडकमा आउँने भएको छ । चैत १० देखि १५ गतेसम्म देशव्यापी अभियान चलाउने निर्णय गरेको जनमोर्चाले उक्त अभियान अन्तर्गत पहिलो चरणमा सभा र कोणसभाहरू गर्ने जनाएको छ ।

बुटवलमा सम्पन्न भएको जनमोर्चाको राष्ट्रिय परिषदको प्रथम बैठकले चैत २४ गते देशव्यापी रूपमा ‘गणतन्त्रको रक्षा गरौँ, प्रतिगमनका विरुद्ध सङ्घर्ष गरौँ” भन्ने मूल नारा तय गर्दै जनआन्दोलन दिवस मनाउने निर्णय गरेको छ । यस्तै बैठकले आगामी वैशाख र जेठ महिनामा देशव्यापी रूपमा जिल्ला सम्मेलन तथा भेला गर्ने निर्णय गरेको छ ।

असोज महिनामा देशव्यापी रूपमा एक महिने सदस्यता वितरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । वैशाख १० गते चितवन २ मा हुने उपनिर्वाचनलाई नेपालमा बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव, इशाईकरणका विरुद्ध भण्डाफोर अभियानका रूपमा उपयोग गर्ने निर्णय पनि गरेको छ ।

जसअनुसार राष्ट्रिय जनमोर्चाले केन्द्रीय उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उपनिर्वाचनको प्रचारप्रसारलाई व्यवस्थित बनाउन महासचिव मनोज भट्टको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको अध्यक्ष केसीले बताए ।

 


Thali Mobile Pvt.Ltd.