भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

संघीय सांसदहरूले पाए दसैं विदा, रेल्वे विधेयक २०७८ फिर्ता

संघीय सांसदहरूले पाए दसैं विदा,  रेल्वे विधेयक २०७८ फिर्ता

काठमाडौं । राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरुको विदा शुरु भएको छ । सोमबारको बैठकपछि प्रतिनिधिसभा र राष्ट्रिय सभा दुबैमा लामो विदा दिइएको हो ।संघीय संसदको प्रतिनिधि सभा कात्तिक ९ गते मंगलबारसम्मका लागि सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरेका छन् । त्यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अर्को सूचना नहुँदासम्मका लागि बैठक स्थगित गरेका छन् ।

नेपालीहरुको महान पर्व दशैं शुरु भइसकेकोले लामो समयसम्म संसद बैठक स्थगित भएपछि सांसदहरुले दशैं विदा पाएका हुन् । त्यसो त धेरै सोमबारको बैठकमा धेरै सांसदहरु उपस्थित भएका थिएनन् । प्राय सांसदहरु गाउँ गइसकेका छन् । सोमबारको बैठक पनि सभामुख सापकोटाले नेकपा एमालेका सांसदहरुको विरोधका बाबजुद सञ्चालन गरेका थिए । बैठकमा एमाले सांसदहरुले वेल घेराउ गरेर नाराबाजी गरेका थिए । यता राष्ट्रियसभामा भने एमाले सांसदहरु मौन रहेर उभिए विरोध जनाएका थिए ।

राष्ट्रियसभामा उत्पत्ति भएको रेल्वे विधेयक २०७८ राष्ट्रियसभा बैठकले विधेयक फिर्ता लिन प्रतिनिधिसभालाई सहमति दिएसँगै सोमबारको प्रतिनिधि सभाले सो फिर्ता लिएको छ ।

 


Thali Mobile Pvt.Ltd.