भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

संविधान संशोधनको पक्षमा जनता समाजवादीकाे औपचारिक निर्णय 

संविधान संशोधनको पक्षमा जनता समाजवादीकाे औपचारिक निर्णय 

३० जेठ २०७७ काठमाडौं । नवगठित जनता समाजवादी पार्टी नेपालले नेपालको संविधान संशोधन दोस्रो विधेयकको पक्षमा मतदान गर्ने अाैपचारिक निर्णय गरेको छ । शुक्रबार बसेको पार्टीकाे बैठकले नेपालको संविधान संशोधन गर्न बनेको विधेयक’को पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि संशोधनको पक्षमा मतदान गर्न सदस्यहरुलाई ह्‍विप जारी गर्नेछ पार्टीले जनाएकाे छ । भोलि बिहान ११ बजेका लागि संसदीय दलको बैठक समेत बोलाइएको छ ।

भारतले हडपेको भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सालाई आधिकारिकता दिने सरकारको प्रस्ताव दुईतिहाइ बहुमतसहित पारित हुने पक्का भएको छ । दुई दिनअघि मात्र तत्कालीन समाजवादी पार्टीकी सांसद सरिता गिरीले यो विधेयकविरुद्ध संसदमा संशोधनको सूचना दर्ता गरेकी छिन् ।

पार्टीले संशोधनको सूचना फिर्ता नलिए सांसद पदबाट नभई पार्टीको साधारण सदस्य पनि नरहने गरी निष्कासन गर्ने चेतावनी समेत दिएकाे छ ।

 


Thali Mobile Pvt.Ltd.