काठमाडौँ । ओली सरकारले संसद विघटनको निर्णय गरेपछि यतिबेला यसको चारैतीर चर्को विरोध भइरहेको छ । बहुमतको दम्भलाइ लत्याएर उनले यस्तो कदम चालेका हुन् । पार्टी र नेताहरूबाटै ‘कर्नर’मा परेपछि ओली विघटनको सिफारिस लिएर शितल निवास पुगे ।
संसद विघटनको घटना नेपालमा यो नै पहिलो होइन
आज सम्म आउँदा पाँच सरकारले संसद विघटन गरेको इतिहास छ ।
घटना नं.–१
नेपालमा पहिलो पटक २०१७ सालमा संसद विघटन भएको थियो । दुईतिहाई बुहमत प्राप्त गरेका तत्कालिन कांग्रेस सभापति विश्वेश्वर प्रसाद कोइरालाले संसद विघटन गरेका थिए । २०१७ पुस १ गते उनले संसद विघटन गरेका थिए । २०१५ को आम निर्वाचनमा कांग्रेसले १०९ सिट मध्ये ७५ सिटमा जितेको थियो । संसद विघटन प्रस्तावपछि उनी जेल गएका थिए । 
घटना नं.–२
नेपालमा दोस्रो पटक २०५१ सालमा संसद विघटन भएको थियो । २०४८ सालको आम निर्वाचनमा बुहमत ल्याएको कांग्रेसले गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बनाएको थियो । आन्तरिक विवादका कारण सरकारको नीति तथा कार्यक्रम संसद्बाट अस्वीकृत भएपछि प्रधानमन्त्री कोइरालाले संसद विघटन गरी २०५१ साल असार २६ गते मध्यावधी निर्वाचनको घोषणा गरेका थिए ।
घटना नं.–३
२०५२ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले संसद् विघटन गरेका थिए । अधिकारी तत्कालिन संसदको ठूलो दलका आधारमा अल्पमतको सरकारका प्रधानमन्त्री बनेका कारण कांग्रेसले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि प्रधानमन्त्री अधिकारीले संसद् विघटन गरेका थिए । सो विगठन सर्वोच्च अदालतले २०५२ भदौ १२ मा संसद् विघटनलाई अवैधानिक भन्दै संसद् ब्युँताइदिएको थियो।
घटना नं.–४
२०५९ जेठ ८ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले संसद विघटन गरेका थिए । २०५६ सालको आम निर्वाचनमा बहुमत ल्याएको नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री बनेका देउवाले माओवादी द्वन्द्वलाई लिएर जारी संकटकाल बढाउने गरि संसद् विघटन गरी मध्यावधी निर्वाचन घोषणा गरेका थिए ।
र घटना नं.– ५
२०७७ मंसिर ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेका छन् । ओलीको कार्यशैलीमाथि व्यापक विरोध भएपछि आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद विघटन गर्ने निर्णय गरेको हो । २०७४ को आम निर्वाचनमा वामगठबन्धनले करिव दुई तिहाई मत ल्याए पनि अन्ततः नेकपाभित्रको विरोधको कारण ओली सरकारले संसद विघटन गरेको हो ।
सिफारिस…
