संसद विघटनविरुद्धको रिट प्रधानन्यायाधीश हेर्दै

संसद विघटनविरुद्धको रिट प्रधानन्यायाधीश हेर्दै

काठमाडौं । संसद विघटनविरुद्ध परेका सबै रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको बेन्चमा पुगेका छन् । सर्वोच्च अदालतमा परेका १२ वटा रिट प्रधानन्यायाधीश जबरा आफैंले हेर्न लागेको बुझिएको छ ।

ओलीले यही पुस ५ गते प्रतिनिधिसभा भंग गरी आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन सदर गरेकी थिइन् । राष्ट्रपति र प्रधानमन्त्रीसमेतलाई विपक्षी बनाइ सर्वोच्चमा एक दर्जन रिट परेका छन् ।

रिट पेश गर्नेहमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कन्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओली, समृत खरेल, ज्ञानेन्द्रराज आरण, शालिकराम सापकोटा, कमल खत्री, मणिराम उपाध्याय, अमिता गौतम पौडेल, दीपक राई र तुलसी सिंखडा छन् । रिटको सुनुवाई सर्वोच्च अदालतले गर्न बाँकी छ ।

 


Thali Mobile Pvt.Ltd.