काठमाडौं । सङ्घले कानून नबनाउँदा प्रदेशलाई समस्या भएको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बताएका छन् ।
कानून अभावमा सुशासनमा समस्या पैदा भएको उनको जिकिर छ । सहकर्मी समाजले आयोजना गरेको प्रदेशसभा सांसदबीच अन्तरक्रिया कार्यक्रममा कानूनमन्त्री भण्डारीले भने, सङ्घले प्रहरीसम्बन्धी विधेयक नबनाएकाले प्रदेशलाई कानून बनाउने अधिकार छैन ।”
प्रदेश मातहतमा प्रहरी नहुँदा कुनै पनि आपराधिक घटना नियन्त्रण गर्न र प्रहरी परिचालन गर्न नसकिएको मन्त्री भण्डारीको भनाइ छ ।
