भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

सचिव र सहसचिवलाई ७ दिने अल्टिमेटम, विवरण अद्यावधिक नगरे स्वयं उपस्थित हुन अनुरोध

सचिव र सहसचिवलाई ७ दिने अल्टिमेटम, विवरण अद्यावधिक नगरे स्वयं उपस्थित हुन अनुरोध

काठमाडौं । राष्ट्रिय किताबखानाले नेपाल सरकारका सचिव र सहसचिवलाई आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न ७ दिने अल्टिमेटम दिएको छ ।

संघीय निजामती सेवा ऐन जारी हुन लागेको बेला एक सूचना जारी गरेर निजामती सेवा नियमावली (२०५०) को नियम १० मा भएको व्यवस्थाबमोजिम यस्तो निर्णय गरिएको किताब खानाले जनाएको छ।

सरकारले विज्ञताका आधारमा कर्मचारी खटाउने तयारी गरिरहेको छ । सचिव र सहसचिव पदमा पुगेका कर्मचारी पनि सुरुमा खरिदार वा नासुसरहको पदबाट सेवा प्रवेश गरेको भए उनीहरूको व्यक्तिगत विवरणमा एसएलसी वा प्रवीणता प्रमाणपत्र तहको मात्र शैक्षिक योग्यता रहेको तर त्यसपछि अद्यावधिक भए नभएको बुझ्न विवरणबारे जानकारी लिन खोजिएको हो ।

विवरण अद्यावधिक गर्न किताब खानाको वेबसाइटमा रहेको इमेलमार्फत वा स्वयं कागजात लिई पुलचोकस्थित कार्यालयमा गई विवरण अद्यावधिक गर्न सकिने छ ।

हाल निजामती सेवामा सचिवसरहका ७० र सहसचिव सरहका सबै सेवा समूहका झन्डै ७ सय ५३ कर्मचारीहरू कार्यरत रहेका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.