भर्खरै : Sorry, your browser does not support inline SVG.

सडकमा रात बिताएका मिटरब्याजी पीडितहरुको बिहानैदेखि विरोध प्रदर्शन

सडकमा रात बिताएका मिटरब्याजी पीडितहरुको बिहानैदेखि विरोध प्रदर्शन

काठमाडौं । मंगलबार बिहानैबाट मिटरब्याजी पीडितहरुले विरोध प्रदर्शन सुरू गरेका छन् । काठमाडौंको टंगालमा पीडितहरुले मंगलबार बिहानैदेखि विरोध प्रदर्शन गरेका हुन् । पीडितहरु खुलामञ्चमा बस्नको लागि आएपनि काठमाडौं महानगरपालिकाको नगरप्रहरीले खुलामञ्च प्रवेशमा रोक लगाएपछि उनीहरु खुलामञ्च बाहिरको सडकमा नै सोमबारको रात बिताएका थिए ।

पीडितहरुले महानगरपालिकाले खुलामञ्च प्रवेशमा रोक लगाएको भन्दै काठमाडौंका मेयर बालेन साहविरुद्ध नाराबाजी समेत गरेका थिए । उनीहरुले मिटरब्याजीलाई कारबाही गर, पीडितलाई न्याय दे, तमसुक व्यवस्था खारेज गर लगायतका नारा लगाइ र प्लेकार्ड बोकेर विरोध गरेका छन् ।

तराईका विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरुले सोमबार खुलामञ्चअघि प्रदर्शन गरेका थिए भने मंगलबार भने त्यहाँबाट हिँड्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जाने क्रममा विरोध प्रदर्शन गरेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.