भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

सत्ता गठबन्धनलाई भागवण्डाकै सकस

सत्ता गठबन्धनलाई भागवण्डाकै सकस

काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि सत्ता गठबन्धनलाई भागबण्डामै सकस भएको छ । सत्ता गठबन्धनमा आबद्ध दलहरुको भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तास समेत हुन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न गठबन्धन दलहरु लागि परेका छन् ।

नेकपा (एमालें), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टीसहित गठबन्धन दलबीच मन्त्रालय भागबण्डा टुंगिएको छैन ।प्रधानमन्त्री प्रचण्डले बुधबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको थियो ।

सो अवसरमा मन्त्रिपरिषद् विस्तार तथा कांग्रेसले सरकारलाई विश्वाशको मत दिएपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको बुझिएको छ । बिहीबार बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय टुंगो लगाउने बताईएको छ ।

 


Thali Mobile Pvt.Ltd.