भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

सद्भाव तथा असल व्यवहार गराउने भावनाको मुल तत्त्व शिक्षा नै होः लाेमन बडुवाल

सद्भाव तथा असल व्यवहार गराउने भावनाको मुल तत्त्व शिक्षा नै होः लाेमन बडुवाल

सभ्यता निर्माण हरेक देशमा सुशासन कायम गर्ने र मानिस – मानिसबीचको सहनशीलता, सद्भाव तथा असल व्यवहार गर्ने, गराउने भावनाको मुल तत्त्व शिक्षा नै हो । राज्य प्रणाली र शिक्षा प्रणाली कस्तो बनाउने भन्ने कुरा असल शिक्षा नीतिले नै मुख्य भूमिका खेल्ने गर्दछ ।

विश्वमा जे जति असल कामका उदाहरण देख्न पाइन्छ,  त्यो सबै असल शिक्षा नीतिले गर्दा नै भएको हो । जति पनि खराब काम कुरा र खराब मान्छेहरु छन्, त्यो सबै गलत र खराब शिक्षा नीतिले गर्दा नै हो । अर्थात राज्यको शैक्षिक नीति प्रभावकारी, वैज्ञानिक, क्रान्तिकारी र प्रगति उन्मुख्तातिर नभएर नै राज्यमा सुशासन कायम नभएको देख्न सकिन्छ ।

शिक्षा नीति राज्यले बनाउने हो । राज्यका काम गर्ने सबै निकाय, कर्मचारी, सरोकारवाला व्यक्ति र जिम्मेवार पक्षले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक सोचविचार गरी ध्यान दिएर काम गरेको खण्डमा राज्यको सबै काम  सकारात्मक हुन्छ । त्यसाे भए आलोचनाको ठाउँ हुँदैन । वर्तमान समय प्रविधियुक्त एक डिजिटल युग हो ।

प्रविधिकाे पहुँच नभएका ग्रामिण ठाउँका केही मानिस यसबाट टाढा भए पनि धेरै मानिसहरु यसबारे जानकार नै छन् । तर गरिब र न्यून आयस्रोत भएका कामजोर मान्छेहरु यस्ता डिजिटल माध्यमको पहुँचमा पुग्न सकिरहेका छैनन् । त्याे कुरा एकातिर छ भने अर्कोतीर पूँजीपतिवर्गका मानिसले कमजोर मान्छेहरुलाई खेलौनाको रुपमा प्रयोग गरिरहेका छन् ।

साधन स्राेतलाई सही तवरले होइन, गलत तरीकाले प्रयोग गर्न लगाई दुरुपयोगको फाइदा आफूले लिने गरेको छन् ।
शिक्षा नीति राम्रो र प्रभावकारी भएन भने देशको शिक्षा प्रणाली नै असफल हुन्छ । खराब शिक्षा नीतिले राम्रो र सीपयुक्त जनशक्ति उत्पादन हुन सक्दैन ।

जसले गर्दा राज्यको उच्च तह सत्ताको नेतृत्व गर्ने मान्छे वा शासन सत्ता सञ्चालन गर्ने मान्छे त्यही ढंगको हुन्छ । जसले राम्रो शिक्षा र ज्ञान नै ग्रहण गरेको हुँदैन, त्यही व्यक्ति उच्च तह र नेतृत्वमा जानाले राज्यको सबै कुरा अस्तव्यस्त हुन्छ । नेपालकाे वर्तमान अवस्था पनि त्यस्तै भएकाे देख्न सकिन्छ ।

जहाँ पहिले नै शैक्षिक प्रणाली फितलो पारिएको हुन्छ । शिक्षा नीति र राज्य सञ्चालन गर्ने व्यक्ति कमजोर भएको खण्डमा विदेशी सत्रुहरुले सजिलै नेतृत्वलाई आफ्नो नियन्त्रणमा लिन सफल हुन्छ र आफू मनलाग्दी काम गर्न पाउँछन् । राष्ट्र र राषट्रियता नै खतरामा पार्छन् ।

यसो नहोस् भन्नका लागि नागरिकलाई हरेक हिसावबाट सु ससज्जित पार्नु पर्छ । तर नेपालको सन्दर्भमा यस्ता प्रयास र प्रयत्नहरु कहिल्यै भएकाे देखिदैन ।

व्यवस्था परिवर्तन लागि धेरै पटक आन्दोन पनि नभए हाेइनन् । नियन, कानून र संविधान जारी गरिए तर जम्मै कागजी रुपमा षड्यन्त्रमुलक तवरबाट विदेशी दलालहरुको इसारामा नै चल्दै आएकाले अहिले पनि कुनै तात्त्विक भिन्नता देशमा देख्न सकिन्न । राजा हुनु र नहुनु मात्र परिवर्तन होइन ।

अहिलेका राज्य सञ्चालनको जिम्मेवारी लिएका शासक पार्टीहरु र तिनका सबै झोलेहरु घाँटी फूराएर प्रजातान्त्र, लोकतान्त्र र गणतन्त्रका नारा लगाउदै अहंकार र अहंता देखाइ रहेका छन् । राज्यमा दैनिक जसाे भैरहेका हत्या, हिंसा, बलात्कारी, छलछाम, चोरी डकैती, बेमानी, ठगी, कालो बजारीले देखिन थालेकाे छ ?

यति मात्रै हाेइन, सिमाअतिक्रमण, महिला तथा बालबालिका बेचबिखन, शैक्षिक माफिया र व्यापार लगायतका थुप्रै राष्ट्रहित विपरितका कुनै पनि खराब काम रोक्न सरकारले चासो नै देखाउन सकेकाे छैन । चुइक्क सम्मपनि आवाज निकाल्दैनन् ।

विदेशीको इसारा आउने बित्तिकै तैं चुप मै चुपको अवस्थामा हुन्छन् । वास्तमा कुनै पनि देशलाई विगार्नु छ भने सबभन्दा पहिले त्यो देशको शैक्षिक अबस्था खलबल्याइदिएकाे उदाहरण संसारभर पाइन्छ । शिक्षा नीति बिगारे पुग्छ भन्ने मान्यतालाई अघि सारे हुन्छ ।

वर्तमान समयमा आएर नेपालको शैक्षिक अवस्था खस्किनुकाे कारणा पनि त्यहि हाेला । प्रगतिमा ह्रास आएको छ । हुन त वास्तवमा शिक्षा श्रमसँग जोडिएको हुनु पर्ने हाे । सबै नागरिकहरु सीपयुक्त हुनुपर्ने हाे । तर विडम्वना यसो गर्ने काममा नेपालका कम्युनिष्ट हाैं भन्ने दलका शासकहरूले  त्यसाे गर्न सकेनन्  र प्रयास पनि गरेनन् ।

अरुको त के आश गर्नु र ! जो साम्राज्यवादी अमेरिकी दलालहरुका मतियार सत्तामा पुगेर पनि जनता र देशका लागि केही गर्न सकेनन् । नेपालको शिक्षा तल बालविकास देखि उच्च शिक्षा प्राप्त गर्नेसम्म पनि किताबी ज्ञान बाहेक अरु व्यवहारिक र सीपमुलक बन्न सकेन । शिक्षाको आश गर्ने र नागरिकहरुलाई सीप दिने र सिकाउने कुनै नौलो कुरा भएन ।

परीक्षा पास हुँदैमा र परीक्षामुखी शिक्षा प्रणाली भएका ठाउँमा उत्कृष्ट नम्बर हासिल गरेपनि त्यो ज्ञानको मापन गर्ने असली माध्यम होइन । तर नेपालमा अनुमानित परीक्षा प्रश्नको नमूना अध्ययनबाट शिक्षा हासिल गरेका उपाधी पाएकालाई विज्ञ र प्राज्ञिक व्यक्ती भनी परिचित गराइएको छ ।

जे भए पनि, आज आएर यही अस्तव्यस्तताको अवस्थामा आइसकेको छ । २०७८ सालमा लिएको माध्यामिक शिक्षा परीक्षा SEE र कक्षा बाह्रको राष्ट्रिय परीक्षा बोर्डले लिइने विद्यालयको अन्तिम परीक्षाको नतिजाले पनि शैक्षिक स्तर खस्केको देखिन्छ ।

२०७८ सालमा लिएको माध्यामिक शिक्षा परीक्षाको प्रकाशित परिणामको कुरा गर्ने हो भने कर्णाली प्रदेशमा ४ ग्रेड प्राप्त गर्नेको संख्या कुल विद्यार्थी संख्याको ०.३ प्रतिशत र सुदुरपश्चिम प्रदेशमा ०.३४ प्रतिशत मात्र प्राप्त गरेको देखिएको छ ।अन्य प्रदेशमा पनि तुलनात्मकरुपमा थोरै राम्रो भएपनि सबै ठाउमा सबै कक्षाको नतिजा यस्तै यस्तै छ ।

बालविकास देखि विस्श्वाविद्यालय सम्मका शैक्षिक संस्थाहरुमा न नियम कानुन छ, न त कुनै बलियो प्रशान छ । न कुनै तालिम र निगरानीको बन्दोबस्त छ । संबिन्धित निकाय मौन बसिदिदा अर्थात आफ्नो भने जस्तो भएन भने कुनै भैंसी चराउने भैंसी गोठालाले पनि संस्थामा तालाबन्दी गर्ने छुट समेत दिएको छ ।

हामीलाइ थाहा छ, नेपालको सबैभन्दा जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय सधैभरी तालाबन्दीको मार खेपी रहेको छ । आफ्नो भनेको भएन भने नाजायज माग राखेर अरुको कुरै छोडौ सरकारसँग सम्बन्धित विद्यार्थीहरुले लुटपाट र गुण्डागर्दी गरेको ताजा उदाहरण त्रिभुवन विश्वविद्यालय हो ।

साथै अरु पनि विश्वविद्यालय र शैक्षिक सस्थाहरु यसकाे मारबाट आछुत रहन सकेका छैनन् । सरकारले मुल्यांकन प्रणाली विदेशीको नक्कल गरेकाले र संविधानमा मात्र माध्यमिक शिक्षाको अधिकार स्थानीय निकायलाई दिएकाले पनि शैक्षिक गुणस्तरमा झन ह्रास आएको छ ।

एउटा पालिकामा कम्तिमा पनि क्रमश मावि, निमावि,  प्रावि र बालविकास गरि १०, १२, २५, १० को संख्यामा विद्यालयहरु सञ्चालनमा छन् । धेरै जसो मावि निमाविमा शिक्षक दरबन्दी छैन । तल्लो कक्षा पढाउने शिक्षक माथि पठाइन्छ ।

तलको विद्यार्थी उदार कक्षोन्तिका कारण बिना पढाइ लेखाइको पास गराउदै लगिन्छ । त्यही गतिमा जाँदै गर्दा विद्यार्थीहरु अंग्रेजीको ‘Aa, Bb,Cc Dd’ र गणितका जोड ,घटाउ, गुणन र भाग गर्नैन अपरिचित हुन्छ्न् । अनि हामीले परिणाम राम्रो खोजेर कसरी प्राप्त गर्न सक्छौं ?

अर्को कुरा के छ भने, अहिले निरन्तर मुल्यांकन प्रणाली र उदार कक्षोन्ति जुन छ, त्यो गरिएको नै छैन । गरे पनि परीक्षाको बेलामा मात्र रेजा संख्या अनुमानित गरिएको छ । अझ कुनै गाउँका विद्यालयहरुमा विद्यार्थीको चाप अत्यन्त बढी छ ।

जुन निरन्तरता मुल्यांकन प्रणाली संभव पनि छैन । वास्तवमा गाउँका सबै विद्यालय र शैक्षिक संस्थाहरु दयनीय अवस्थामा छन् । हड्ताल, तालाबन्दी र अबरोध गर्ने पक्षबाट उन्मुक्ति नै पाएकाे छ न त शैक्षिक संस्थाहरूलाई स्वतन्त्र, निष्पक्ष, भयरहित, बालमैत्री र व्यवस्थित बनाउन नै सकिएकाे छ । भएका ठाउँमा भागबण्डाकाे राेइलाे छ ।

यसले गर्दा देशको इज्जत माथि नै प्रश्न चिन्ह खडा हुने अवस्था आएकाे छ । त्यसैले देशको शैक्षिक अवस्था उकास्न र व्यवस्थित बनाउन सबै एकजुट भएर लाग्न जरूरी छ । सवल, सक्षम र गुणस्तरीय शिक्षा र शिक्षा प्रणाली गलत हुनबाट जोगाउनु हामी सबैको कर्तव्य हाे । यसमा सबैकाे ध्यान जान जरुरी छ ।