भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

सद्भाव र समर्पण भावको ‘राखी पर्व’ धुमधामका साथ मनाइँदै

सद्भाव र समर्पण भावको ‘राखी पर्व’ धुमधामका साथ मनाइँदै

काठमाडौं । आज ‘राखी’ पर्व धुमधामकासाथ मनाइँदै छ । साउन पूर्णिमालाई विशेष दिनका रुपमा दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातका नाडीमा रक्षासूत्र बाँधिदिने परम्परा अनुसार यो पर्व मनाइदै आएको छ ।

तराईंमा आज दाजुभाइ तथा दिदीबहिनीहरुले राखीमय बनाइरहेका छन् । बिहानैदेखि बजार खुलेका छन् । रङ्गीचङ्गी ‘राखी’ बेच्न राखिएका छन् । विभिन्न रङका रक्षासूत्र किन्न चोकचोकमा भीड नै देखिएको छ ।

राखीसँगै दाजुभाइलाई खुवाउन मिष्ठान्न परिकारले मिठाइ पसल पनि भरिभराउ भएका छन् । आज दाजुभाइ÷दिदीबहिनीबीच प्रेम, सद्भाव र एकअर्काप्रतिको समर्पण भाव झल्कने गीत पनि गुञ्जिरहेका छन् । हिन्दू परम्परा अनुसार रक्षावन्धन पर्वकै एक अङ्गका रूपमा राखी स्थापित भएको जानकार बताउँछन् ।

पर्वमा गुरुपुरोहितले अभिमन्त्रित डोरा शिष्य र यजमानलाई बाँधिदिने चलन पनि छ । सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल)को अधिपति रहेका दानवराज बलिलाई उनका गुरु शुक्राचार्यले देवतासँगको युद्धमा जानअघि शास्त्रोक्त विधिले अभिमन्त्रित गरिएको डोरा (रक्षाकवच, रक्षासूत्र) बाँधिदिएको विश्वासमा पुरोहितबाट डोरा बाँध्ने चलन छ ।

त्यसैसँग जोडिएका अर्को प्रसङ्गमा बलिका बहिनी गङ्था र यमुनाले युद्धमा जानअघि विजयको कामना गर्दै हातमा रक्षावन्धन (रक्षाकवच) बाँधिदिएको र सो युद्धमा बलिको जित भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधिदिने परम्परा बसेको विद्धानहरुको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.