भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सभामुखले बोलाए सर्वदलीय बैठक

सभामुखले बोलाए सर्वदलीय बैठक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । सिंहदरवारस्थित संसद सचिवालयमा दिउँसो २ बजे बैठक बस्न लागेको हो । संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा बोलाइएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेमकिपा सांसद प्रेम सुवाल, जनमोर्चा सांसद दुर्गा पौडेल,

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायत बैठकमा सहभागि हुने उनको भनाइ छ । सर्वदलीय बैठकमा दलका प्रमुख सचेतक र सचेतकहरू समेत बस्ने बताइएको छ ।

सत्ता गठबन्धनका सांसदले आइतबार प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि मुलुकको राजनीति तरंगित भएको छ । एमाले संसदीय दलको बैठक पनि आज बस्दैछ ।

 


Thali Mobile Pvt.Ltd.