भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

समयतालिका निर्धारण गरी रेल सेवा सञ्चालन

समयतालिका निर्धारण गरी रेल सेवा सञ्चालन

काठमाडौं । नयाँ समयतालिका निर्धारण गरी रेल सेवा सञ्चालन गर्ने भएको छ । भारत जयनगरबाट जनकपुरधामसम्म जनकपुरधामबाट बिजलपुरासम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा आगामी मङ्सिर १ गतेदेखि हालको समयतालिकामा परिवर्तन गरी सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जनकुमार झाले बताए ।

चिसो बढ्ने र दिउँसोको समय छोटो हुने हुँदा यात्रुको सुविधालाई ध्यानमा राखी समयतालिका परिवर्तन गरिएको छ । दैनिक आउजाउ गरी छपटक सञ्चालन भइरहेको रेल भङ्गाहा जयनगर खण्डमा दैनिक एक सेवा सञ्चालन हुनेछ । दैनिक तीन सेवा सञ्चालन यथावत रहेको महाप्रबन्धक झाले बताए ।

पहिलो ट्रिप भङ्गहाबाट बिजलपुरा बिहान ७:३० प्रस्थान र जयनगर ९:१५ पुग्ने र अन्तिम जयनगरबाट दिउँसो ४:१५ बाट चल्ने रेल साँझ ७:१५ बजे भङ्गहा आइपुगेर रात्रि विश्राम बस्ने नेपाल रेल्वे कम्पनी लिमिटेड जनकपुरधामले जनाएको छ । जयनगरबाट बिहान १० बजे प्रस्थान गर्ने रेल जनकपुरधाम ११:१५ बजे पुग्ने र सोही रेल जनकपुरधामबाट बिहान ११:४५ बजे चल्ने रेल जयनगर दिउँसो १:१५ बजे पुग्ने छ ।

फेरि जयनगरबाट दिउँसो १:४५ बाट चल्ने रेल जनकपुरधाम दिउँसो ३:१० बजे आइपुग्ने र सोही रेल पुनः जनकपुरधामबाट दिउँसो ३:१५ बजे सञ्चालन भई दिउँसो ४:४० बजे जयनगर पुग्ने नेपाल रेल्वे कम्पनी जनकपुरधामका कर्मचारी रञ्जितकुमार ठाकुरले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.