भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

समाचारका लागि कैलाश खबरलाई धन्यवाद : मन्त्री दुलाल

समाचारका लागि कैलाश खबरलाई धन्यवाद : मन्त्री दुलाल

कैलाश समाचारले मन्त्री ज्यु आउनु भो डा.सुमित्रा

भक्तपुर । सिन्धुपाल्चोक लिदीमा पहिरोले ठूलो मानवीय क्षेती पु¥याएको घटनाका पीडितलाई राहत र उद्धारमै व्यस्त रहेका बाग्मती प्रदेश सरकार सामाजिक विकासमन्त्री शरद दुलालले कैलाश खबरलाई धन्यवाद दिएका छन् ।

‘कर्मचारी अभावले छट्पटीमा सुविधा सम्पन्न भक्तपुर अस्पताल, अभावकै बीच उत्कृष्ट कार्य सम्पादन’ शिर्षकको समाचारमा अस्पताल भित्रका राम्रा पक्ष र अस्पतालले भोग्नु परेका आन्तरिक समस्या उजागर गरेपछि, विषम परिस्थितिमा थप संक्रमण फैलन नदिन र बिरामीले समयमै उपचार पावस भन्ने उदेश्यले आफु तत्कालै अस्पतालको अनुगमनमा आएको मन्त्रीले बताए ।

www.kailashkhabar.com मा समाचार बाहिर आएको एक दिन वित्न नपाउदै अस्पतालको अनुगमन गर्न पुगेका सामाजिक विकास मन्त्री दुलालले समाचारका लागि धन्यवाद दिदै अब अस्पतालमा ल्याबको समेत व्यवस्था मिलाउन लागेको जानकारी दिए ।

त्यस्तै  अस्पतालको समस्यालाई उजागर गरेर मन्त्री सम्मको ध्यानाकर्षण भएकोमा कैलाश खबर परिवारलाई धेरै धेरै धन्यवाद भन्दै डा. सुमित्रा गौतमले खुसी व्यक्त गरिन् । शनिवार विहान अस्पतालमा अनुगमन गर्न मन्त्री आएको भन्दै डा. गौतमले पाँच सय शैयाको आइसोलेशन र ल्याव सहितको सेवा संचालन गरिने मन्त्रीले आश्वासन दिएको बताईन ।

समाचारले राम्रो प्रभावले उक्त सेवा एक दुई दिन भित्रै संचालनमा आउने र अव भक्तपुरवासीले सहज उपचार पाउने भएका छन् भन्दै डा. गौतमले धन्यवाद दिदै खुसी व्यक्त गरिन् ।

 


Thali Mobile Pvt.Ltd.