भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

समाजवादी मोर्चाको सन्देशसभा स्थगित

समाजवादी मोर्चाको सन्देशसभा स्थगित

काठमाडौं । समाजवादी मोर्चाको आज सुदूरपश्चिम प्रदेशमा हुने भनिएको सन्देश सभा स्थगित भएको छ ।

एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट गएराति निधन भएपछि सन्देशसभा स्थगित गरिएको हो ।

सभालाई सम्बोधन गर्न माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव आज बिहान त्यसतर्फ जाने तयारीमा थिए ।

जनता समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ भने हिजो नै धनगढी पुगिसकेका थिए ।

यसअघि भदौ १३ गतेका लागि तय भएको सन्देशसभा नेत्रविक्रम चन्द ‘विप्लव’ नजाने भए पछि स्थगित गरेर आजका लागि निर्धारण गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.