भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

समृद्धिका लागि सूर्यविनायको सृजनानगरमा वृक्षारोपण

समृद्धिका लागि सूर्यविनायको सृजनानगरमा वृक्षारोपण

भक्तपुर । विश्व वातावरण दिवसको अवसरमा सूर्यविनायक नगरपालिकामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । नगरप्रमुख बासुदेव थापासहित नगरपालिका परिवारको उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा सूर्यविनायक नगरपालिकाको सहायोग र नेप्सेम्याकको आयोजनामा वडा नं ५ सृजनानगर अरनिको राजमार्गमा वृक्षारोपण गरिएको हो ।

त्यस्तै उप– प्रमुख सरिता तिमसिना (भट्टराई), नगरका प्रवक्ता रविन्द्र सापकोटा, प्रमुख प्रशासकीय अधिकृत श्रीधर के.सी.,वरिष्ठ राजस्व अधिकृत एवं सूचना अधिकारी अनिरुद्र नेपाललगायतको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रममा फोहरमैला व्यवस्थापनका चुनौती र अवसरका विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

होटल भ्यू भक्तपुरमा आयोजित उत्त, अन्तरक्रियामा प्रमुख बासुदेव थापा, उप प्रमुख सरिता तिमसिना (भट्टराई), नगरका प्रवक्ता रविन्द्र सापकोटा, प्रमुख प्रशासकीय अधिकृत श्रीधर के.सी., वडाध्यक्षलगायतले आआफ्नो धारणा प्रस्तुत गरेका थिए । सुन्दर हराभरा र सफा नगरपालिका कसरी बनाउन सकिन्छ भन्ने विषयमा चिन्ता व्यक्त गरेका उनीहरुले अगरको आगामी योजना र रणनीतिका बारेमा पनि प्रष्ट पारेका थिए ।

के हो त वृक्षारोपण ?
वृक्षारोपण भन्नाले कुनै पनि भूभागमा रुख प्रजातीका विरुवाहरु लगाई हुर्काउने कार्यलाई बुझाउँछ। वृक्षारोपणको सुरुवात मानव सभ्यताको प्रारम्भदेखि नै भए तापनि औद्योगिक वृक्षारोपणको सुरुवात दोस्रो विश्वयुद्ध पश्चात् भएको पाइन्छ । नेपालको कुल भूभागको ४०.३६ प्रतिशत वन क्षेत्र र ४।३८ प्रतिशत भूभाग अन्य काष्ठ तथा बुट्यान क्षेत्र गरी कुल ६६ लाख हेक्टर वन र बुट्यान क्षेत्रले ढाकेको छ भने बाँकी भ–ूभाग कृषि, बसोबास क्षेत्र र नदी क्षेत्रले ढाकेको छ ।

औद्योगिक स्तरमा वृक्षारोपण गरिएका क्षेत्रहरूमा सर्लाहीमा रहेको सागरनाथ वन विकास परियोजना र झापाको रतुवामाई वृक्षारोपण आयोजना रहेका छन् भने सामुदायिक वन विकासका सुरुका चरणमा मध्य पहाडी भागमा विभिन्न प्रजातीका सल्लोको वृक्षारोपण र तराई क्षेत्रमा सिसौ, टिक, मसला, लहरे पिपल प्रजातीका बिरुवाहरू रोपण गरिएको थियो ।

वृक्षारोपणको महत्त्व
अक्सिजन मानिसलाई स्वास फेर्न प्रतिदिन १७.५ केजी अक्सिजनको आवश्यकता पर्छ जुन ७ वटा रुखहरुले प्रति रुख २.५ केजी अक्सिजन दिएर पुर्ति गरिदिन्छन् ।

खानाः रुखहरूबाट हामीले गाँस, वास र कपासको आवश्यकता परिपूर्ति गर्छौ । गाँस प्राप्त हुने १ हेक्टर कृषि क्षेत्रका लागि झन्डै २ हेक्टर रुखहरू भएको वनको आवश्यकता पर्छ जसले कृषिका लागि चाहिने पोषक तत्त्व जस्तै स् फस्फोरस, पोटास, नाइट्रोजन आदिको पुर्ति गरिदिन्छ ।

 जल चक्रको नियमनः रुखहरुले वर्षातको पानीलाई आफ्नो हाँगा, काण्ड हुँदै जमिन मुनी पानीको भण्डारण गरी मूलको रूपमा पानी बाहिर आउन सहयोग गर्दछन् ।
 जैविक विविधताको संरक्षण: एउटै रुखले सयौँ किरा, पुतली, चरा, स्तनधारीहरुलाई आश्रय स्थल प्रदान गर्नुका साथै रुखबाट झरेका पात, काठहरू कुहिदा लाखौँ आँखाले नदेखिने व्याक्टेरिया, भाइरस, मृतजीवीहरुलाई पारिस्थितिक कार्य सुचारु गर्नमा सहयोग गर्दछन् ।

 प्राकृतिक प्रकोप न्युनिकरणः वृक्षारोपण कार्यले जमिनको माटो अँठ्याई राख्ने र परेको पानीको गतिलाई कम गरी पानी जमिनमुनी जान सहयोग गरेर भूक्षय कम गर्नुका साथै रुखहरु भएको स्थानमा चिस्यान कायम हुन गई खडेरी कम गर्न समेत सहयोग गर्छ ।
 आर्थिक वृद्धिः वृक्षारोपणबाट औद्योगिक कच्चा पदार्थको आपुर्ती भई औद्योगिकरण मार्फत रोजगारी सिर्जना गर्न, व्यापार घाटा कम गर्न र राजश्व प्राप्त गरी समृद्धी हासिल गर्न मद्दत पुग्छ । जस्तै, चिनले बाँस वृक्षारोपणबाट कागज उत्पादन गरेर र भारतले लहरे पिपल वृक्षारोपण मार्फत कागज उत्पादन गरी विदेशी मुद्रा आर्जन गरेको ।

नीतिगत र संरचनागत व्यवस्था
नेपालको संविधानको धारा ३० ले हरेक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा वाँच्न पाउने मौलिक हकको व्यवस्था गरेको छ । साथै राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अन्तर्गत प्राकृतिक साधन स्रोतको संरक्षण, संवर्द्धन र उपयोग सम्बन्धी नीतितर्फ वातावरणीय सन्तुलनका लागि आवश्यक भू–भागमा वन क्षेत्र कायम गर्ने, प्राकृतिक स्रोत साधनलाई राष्ट्रिय हित अनुकूल तथा अन्तरपुस्ता समन्यायको सिद्धान्त अनुसार दिगो रूपमा उपयोग गर्दै प्राप्त लाभको समन्यायिक वितरण गर्ने नीति रहेको छ ।

संविधानको अनुसूची ५ देखि ९ सम्म वन तथा वातावरण संरक्षणको जिम्मेवारी सङ्घीय सरकार, प्रादेशिक सरकार र स्थानीय तहको रहेको छ । वन ऐन २०४९, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, वातावरण संरक्षण ऐन २०५३ र नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेका सन्धी सम्झौताहरू जस्तै जैविक विविधता महासन्धि लगायतका सन्धि सम्झौताले वन र वातावरण संरक्षणका लागि स्वस्थानिय र परस्थानिय रूपमा वनस्पतिको संरक्षण गर्नु पर्ने कुरामा जोड दिएको छ ।

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुखहरू कटान गर्दा १ः२५ को दरले वृक्षारोपण गरी उक्त बिरुवाहरूलाई ५ वर्षसम्म स्याहार संभार गरी सम्बन्धित डिभिजन वन कार्यालयलाई हस्तान्तरण गर्नु पर्ने कानुनी प्रावधान रहेता पनि यस प्रकारको वृक्षारोपणको सफलता निकै कम रहेको छ ।

वृक्षारोपण सम्बन्धी समस्या एवं चुनौतीहरू
नेपालमा वृक्षारोपण सम्बन्धी केही समस्या एवं चुनौतीहरू
 वृक्षारोपण क्यालेण्डर अनुसार वृक्षारोपण कार्य सञ्चालन नगरिनु
 बिरुवा उत्पादन गर्न आवश्यक पर्ने वन वगैचाबाट बिउ सङ्कलन नगरिनु

 उच्च प्रविधियुक्त नर्सरीको अभाव एवं बहुवर्षीय बिरुवाको वृक्षारोपणमा कमी
 वृक्षारोपण गरिने क्षेत्रको छनोट गर्दा माटो परीक्षण लगायत प्राविधिक पक्षको आँकलन नगरिनु
 वृक्षारोपण गर्दा बिरुवा ढुवानी एवं मलखाद र खाडलको साइजको अपर्याप्तता

 वृक्षारोपण क्षेत्रको उचित संरक्षण र व्यवस्थापन हुन नसक्नु
 वृक्षारोपण अनुगमन एवं तथ्याङ्क प्रणालीलाई व्यवस्थित तगर्न नसकिनु आदि ।

विभिन्न सरकारी र गैर सरकारी क्षेत्रका कार्यालयका खाली ठाउँ, विद्यालय र क्याम्पसका खाली चौरहरु, निजी जग्गाहरु, सडक किनारा, नदी र खोला किनारा, सार्वजनिक जग्गा, वन क्षेत्र, झाडी बुट्यान क्षेत्र आदिमा आम नागरिक, निजी क्षेत्र, नागरिक समाज,

राजनीतिक पार्टी, सरकारी क्षेत्र सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी वृहत् रूपमा वहु उपयोगी फलफुल, काष्ठजन्य, गैर काष्ठजन्य बिरुवाहरू वृक्षारोपण दिवसका दिनदेखि रोपण गर्दै उक्त रोपेका बिरुवाहरूको उचित हेरचाह र संरक्षण गरी सो रुखहरूबाट सतत रूपमा उत्पादन लिँदै देशलाई चाहिने आवश्यक वस्तुहरुको परिपूर्ति गरी व्यापार घाटा कम गर्दै राष्ट्रको समृद्धीमा योगदान गर्न वृक्षारोपण कार्यले मद्दत गर्न सक्छ ।

 


Thali Mobile Pvt.Ltd.