भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न ‘संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन’

प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न ‘संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन’

काठमाडौँ, १५ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति उत्तरदायी हुनुपर्ने बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै आङ्देम्बेले प्रधानमन्त्रीले संसद्लाई बेवास्ता गरेको भन्दै प्रश्न उठाएका हुन् । उनले प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जानुअघि संसद्लाई जानकारी नगराएको र फर्किएपछि पनि संसद्मा त्यसबारे जानकारी तथा ब्रिफिङ नगरेको बताए ।

प्रधानमन्त्री संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्नेमा त्यसबाट पन्छिन नहुने आङ्देम्बेको भनाइ थियो । उनले संसद् प्रधानमन्त्रीको इच्छा र अनुकूलताअनुसार चल्ने संस्था नभएको स्मरण गराए ।

‘प्रधानमन्त्री के काममा व्यस्त हुनुहुन्छ, थाहा हुनुपर्दैन ? के संसद् आफूलाई मन परेको बेला आउने, मन नपरेको बेला उठेर जाने मधुशालाजस्तै हो ? किमार्थ पनि होइन,’ आङ्देम्बेले भने । उनले प्रधानमन्त्री संसद्मा उपस्थित हुन नसक्ने भए त्यसको कारणबारे संसद्लाई जानकारी गराउनुपर्ने बताए । संसद् र संसद्मा उठेका प्रश्नबाट भाग्नुभन्दा त्यसलाई सम्मान गर्न उनले प्रधानमन्त्रीलाई आग्रह गरे ।

‘संसद्लाई सम्मान गर्नुस् । संसद्मा उठेका प्रश्नलाई सम्मान गर्नुस् । यसले तपाईंलाई कमजोर बनाउँदैन, बलियो नै बनाउँछ,’ उनले भने ।आङ्देम्बेले संसद् लोकतन्त्रको पाठशाला भएको उल्लेख गर्दै परम्परा परिवर्तन गर्ने नाममा गलत परम्परा स्थापित नगर्न पनि प्रधानमन्त्रीलाई सचेत गराए ।

‘सबै परम्परालाई तोड्छु, भत्काउँछु भन्दा आफैँ बुमर्‍याङमा पर्नुहोला,’ उनले भने ।यसअघि पनि आङ्देम्बेले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने र विपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री संसद्मा उपस्थित हुने संसदीय अभ्यास रहेको विषय उठाउँदै आएका छन् ।

 


Thali Mobile Pvt.Ltd.