काठमाडौं, १५ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ९३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरिएको हो ।
अधिवेशन असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुनेछ । चालु अधिवेशन २०८३ साल वैशाख २८ गतेदेखि सुरु भएको थियो । सरकारको सिफारिसअनुसार राष्ट्रपति कार्यालयले दुवै सदनको अधिवेशन अन्त्यसम्बन्धी विज्ञप्ति जारी गरेको हो ।
