भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी

भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी

मुख्य बुँदा 

भोटेकोशी बाढीका कारण ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर

विभिन्न जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्‍यायो

त्रिशूली करिडोरबाट बालाजु र चपली आउने विद्युत् अवरुद्ध

वैकल्पिक विद्युत् आपूर्तिका लागि कार्यदल बनाएर काम हुँदै

हिउँदको माग व्यवस्थापन गर्न थप भूमिगत ग्रिड निर्माण अघि बढाइँदै

काठमाडौं, १४ असाेज । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा क्षति पुगेपछि करिब ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएको छ । विद्युत् आपूर्तिमा परेको असर व्यवस्थापन गर्न सरकारले वैकल्पिक व्यवस्था अघि बढाएको छ ।

बाढीका कारण त्रिशूली करिडोरबाट काठमाडौंको बालाजु र चपली क्षेत्रमा आउने विद्युत् अवरुद्ध भएपछि ती क्षेत्रमा रहेका प्रसारण लाइनमा थप चाप परेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार वैकल्पिक आपूर्ति प्रणाली विकासका लागि गृहकार्य भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले समस्या समाधान तथा विद्युत् आपूर्ति व्यवस्थापनका लागि कार्यदल बनाएर काम गरिरहेको छ ।

यसैबीच, आगामी हिउँदमा विद्युत्को माग व्यवस्थापन गर्न प्राधिकरणले थप भूमिगत प्रसारण संरचना निर्माणको काम अघि बढाएको छ । प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले हिउँदको विद्युत् माग सहज रूपमा व्यवस्थापन गर्न सम्बन्धित सबै निकायबीच उच्चस्तरीय समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

हिउँदमा विद्युत् प्रणालीमा पर्न सक्ने चापलाई सहज रूपमा व्यवस्थापन गर्न मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको उहाँले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.