सम्झनाको हत्या आरोपित प्रहरीकै घेराबाट भागे, भगाएको हुन सक्ने स्थानीयको शंका

सम्झनाको हत्या आरोपित प्रहरीकै घेराबाट भागे, भगाएको हुन सक्ने स्थानीयको शंका

बझाङ । मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना विकको बलात्कारपछि हत्या आरोपित राजेन्द्र बोहरा भागेका छन् । पुर्पक्षका लागि बाल सुधार केन्द्र डोटीमा राखिएका बोहरा बिहीबार प्रहरीकै घेराबाट भागेका हुन् ।

डोटी अस्पतालको आइसोलेसनबाट फरार भएको प्रहरीप्रमुख एसपी जनक पाण्डेले बताए । कोरोना संक्रमण भएपछि बोहरालाई मंसिर ६ देखि बालसुधार गृहबाट अस्पतालको आइसोलेसनमा राखिएको थियो । तर स्थानीयले भने भगाएको हुन सक्ने शंका गरेका छन् ।

samjhanaयता प्रहरीले भने खोजीकार्य जारी रहेको बताएको छ । बोहराले सम्झनाको बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेका छन् । बलात्कारपछि बालिकालाई त्रिशूल, घन र ढुंगाले हानेको बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.