काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरवहादुर देउवाको निवास बुढानिकलकण्ठमा २ बजे बस्ने बैठकमा नेता पौडेललाई तनहुँमा भएको दुर्व्यवहारबारे प्रतिकार गर्न बैठक आवहान गरिएको बताइएको छ ।
आजको पदाधिकारी बैठकमा सरकारले शक्तिको दूरूपयोग गरी वरिष्ठ नेता पौडेललाई गरेको दुर्व्यवहारको प्रतिकार रणनीति बनाउने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
व्यास नगरपालिका वडा नम्बर १ र ११ जोड्ने पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले गद्घाटन गर्न नदिएर पक्राउ गरेको थियो ।
