भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

‘सरकारको हावादारी निर्देशन’

‘सरकारको हावादारी निर्देशन’

काठमाडौं । सरकारले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नू भनी दिएको निर्देशन निजी अस्पतालले हावादारी निर्णय भएको बताएका छन् ।

अक्सिजन प्लान्टको मूल्य कम्तीमा २ करोड र त्यसका लागि पूर्वाधार तयार गर्न ५० लाख चाहिने भएकले तत्काल जडान गर्न नसक्ने भन्दै एक विज्ञप्ति जारी गरी एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) का अध्यक्ष बसन्तकुमार चौधरीले बताए ।

सरकारले अक्सिजन व्यवस्थापनका लागि तत्काल प्रभावकारी कदम चाल्नुको सट्टा निजी अस्पतालहरूलाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नु भन्नु हावादारी निर्देशन दिएर आफ्नो दायित्वबाट सरकार पन्छिएको विज्ञप्तिमा उल्यख छ । खरिद सम्झौता गरेको साढे तीन महिना भन्दाअघि अक्सिजन प्लान्ट जडान गर्नै नसक्ने अध्यक्ष चौधरीले बताए ।

टप्प टिपेर जडान गर्ने उपकरण नभएको भन्दै प्लान्ट भित्रिएपछि सोको जड़ान गर्न कम्तीमा १५ दिन लाग्ने विज्ञप्तिमा भनिएको छ । देशभरि नै निषेधाज्ञा जारी रहेको र अन्तर्राष्ट्रिय हवाइसेवा पनि बन्द रहेका कारण द्रुत सामान ढुवानीको विकल्प नभएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.