भर्खरै : Sorry, your browser does not support inline SVG.

सरकारबाट कांग्रेसका ३ मन्त्री बर्खास्त, यस्ताे छ कारण

सरकारबाट कांग्रेसका ३ मन्त्री बर्खास्त, यस्ताे छ कारण

मधेश । प्रदेश सरकारबाट मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका तर्फबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गरेका छन् । संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गरेपछि राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका ३ जना मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहलाई बर्खास्त गरेको हो ।

उनीहरुलाई मुख्यमन्त्री राउतले फोन गरी राजीनामा दिन आग्रह गरेका थिए । राजीनामा नदिएपछि बर्खास्त गरेको जानकारी दिए । २६ जेठ २०७८ मा नियुक्त भएका उनीहरु मन्त्री हटाएको हो । ३ मन्त्री बर्खास्त गरेको पत्र मुख्यमन्त्री राउतले प्रदेश प्रमुख कार्यालयमा पठाएका छन् । ती मन्त्रालयहरुको जिम्मेवारी अब मुख्यमन्त्री राउतले नै सम्हाल्ने छन ।

 


Thali Mobile Pvt.Ltd.