भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

सत्ता गठबन्धनले हरेक बुथमा २०० युवा खटाउने

सत्ता गठबन्धनले हरेक बुथमा २०० युवा खटाउने

काठमाडौँ । आसन्न मंरिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको को निर्वाचनमा सत्तारुढ गठबन्धन निकट संगठनले हरेक बुथमा २०० युवा परिचालन गर्ने भएका छन् ।

नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, लोकतान्त्रिक विद्यार्थी संघ, अखिल छैठौं र समाजवादी विद्यार्थी यूनियनको बैठकले यस्तो निर्णय गरेको हो ।

मुलुकभरका हरेक निर्वाचन क्षेत्रमा संघ र प्रदेशस्तरीय संयुक्त चुनाव परिचालन समिति निर्माण गर्ने निर्णय गरेको सो संगठनले जनाएका छन् ।

समितिमा पाँचवटै संगठनका अध्यक्ष संलग्न हुनेछन् ।

संविधान कुल्चने, पटक, पटक संसद् विघटन गर्ने र संघर्षबाट स्थापित उपलब्धि माथि खेलबाड गरी मुलुकलाई पछाडि फर्काउन चाहने, स्वेच्छाचारी र प्रतिगामी शक्तिलाई मुलुकभरका निर्वाचन क्षेत्रबाट बिदा गर्ने योजना निर्माण गर्ने रणनीतिअनुरुप गठन्धनमा सहभागी दल निकट विद्यार्थी संगठनका नेता, कार्यकर्ताको व्यवस्थित र प्रभावकारी परिचालन गर्ने विद्यार्थी संगठनहरुले जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.