भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

‘सरकारले दियाे जायजेथा जफत गर्ने ३५ दिने अल्टिमेटम’

‘सरकारले दियाे जायजेथा जफत गर्ने ३५ दिने अल्टिमेटम’

काठमाडौं । राजस्व रकम नबुझाउने पाँचतारे होटल, रिसोर्ट र निर्माणसँग सम्बन्धित १ सय २३ कम्पनी तथा व्यक्तिलाई रकम बुझाउन सरकारले ३५ दिने अल्टिमेटम दिएको छ ।

लामो समयदेखि अटेरी गरी बक्यौता रकम तिर्न बाँकी रहेका कम्पनी÷फार्म तथा व्यक्तिको नामावलीसहित तीनपुस्ते विवरण सार्वजनिक गर्दै ३५ दिने अल्टिमेटम दिएको हो । सरकारले तोकेको अवधिभित्र रकम नबुझाए कम्पनीको सम्पूर्ण जायजेथा जफत गर्ने चेतावनी दिएको छ ।

राजस्व रकम नबुझाए सम्पत्ति जफत गरी लिलामीको प्रक्रियामा लैजाने बताइएको छ । अल्टिमेटम दिइएकाहरूमा नाम चलेका ठूला पाँचतारे होटल, रिसोर्ट, क्यासिनो, मिनी क्यासिनो, पूर्व सांसद्, ठेकेदार कम्पनीलगायत साना फार्मसमेत रहेका छन् ।

धेरै बक्यौता रकम सोल्टी होटल, अन्नपूर्ण होटल, हायत रिजेन्सी र एभरेस्ट होटलमा क्यासिनो सञ्चालन गरेको नेपाल रिक्रिएसन सेन्टरले अहिलेसम्म सरकारलाई ७३ करोड ६० लाख १ हजार ४ सय ६५ रुपैयाँ बक्यौता तथा त्यसको ब्याजसमेत तिर्न बाँकी रहेको महालेखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.