भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

सरकारी शिक्षक कागती खेतीमा रमाउँदा……

सरकारी शिक्षक कागती खेतीमा रमाउँदा……

तुलसीपुर । दिनभर विद्यालयमा व्यस्त हुने मीनबहादुर केसी साँझ–बिहान र बिदाको समयमा भने सधैँजसो बारीमै व्यस्त हुनुहुनछ । दिनभरको विद्यालयको थकान मेट्ने एउटा माध्यम उहाँको बारी बन्ने गरेको छ । शान्तिनगर गाउँपालिका–४ गिधनिया निवासी उहाँले आफ्नो छ कठ्ठा जग्गामा कागती र केराखेती गर्नुभएको छ । शान्तिनगर गाउँपालिका–३ स्थित आधारभूत विद्यालय केराघारी लामो समयदेखि प्रधानाध्यापकको भूमिकामा रहनुभएका शिक्षक केसीले आफ्नो बारीमा कागती र केराखेती गर्नुभएको छ । “दिनभर स्कुलमा व्यस्त हुन्छु, दिनभरको थकान मेट्न बारीमा व्यस्त हुने गरेको छु”, उहाँले भन्नुभयो । उहाँले अहिले छ कठ्ठामा कागती खेती गरेको भए पनि केही समयपछि ११ कठ्ठामा खेती गर्ने लक्ष्य राख्नुभएको छ ।

खेती गरेको एक वर्षको भएकाले तत्काल आम्दानी लिन नसकेको भए पनि केही समयपछि मनग्य आम्दानी गर्ने उहाँको धोको छ । “तत्कालन आम्दानी लिन सकिएको छैन”, उहाँले भन्नुभयो, “केही समयपछि मनग्य आम्दानी हुन्छ भन्ने अपेक्षा गरेको छु ।” दिनमा दुई घण्टा हिँडेर विद्यालय पुग्ने शिक्षक केसी अबको दुई वर्षपछि अवकाश लिँदै हुुनुहुन्छ । लामो समय एउटै विद्यालयमा पढाउँदै आउनुभएका उहाँले अवकाश पछि पूर्णरूपमा व्यावसायिक कृषिखेती गर्ने धोको राख्नुभएको छ । “म विसं २०४५ देखि शिक्षण पेशामा छु, लामो समय केराघारी स्कुलमा पढाउँदै आएको छु”, उहाँले भन्नुभयो, “ अवकाशपछि व्यावसायिक कृषिखेती गर्ने सोच बनाएकोे छु ।”

आफू शिक्षक पनि भएकाले आफूले समाजमा कृषि खेतीबाट मनग्य आम्दानी गरेपछि आफ्ना छिमेकीलाई पनि त्यो खेतीतर्फ प्रोत्साहन गर्ने योजना छ । उहाँले आफू त्यस क्षेत्रको उदाहरणीय किसान बनेर मनग्य आम्दानी गर्ने र त्यसबाट अरूलाई पनि आकर्षित गराउने योजना रहेको उहाँले बताउनुभयो । पहिलेदेखि नै कृषि खेतीप्रति चासो रहे पनि शिक्षण पेशाले गर्दा त्यस्तो समय मिलाउन नसके पनि पछिल्लो समय भने समय निकालेर व्यावसायिक खेती गर्ने गरेको उहाँको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.