भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

सही विवरण उपलब्ध गराएर जनगणनामा सहभागि हुन प्रधानमन्त्री देउवाको अनुरोध

सही विवरण उपलब्ध गराएर जनगणनामा सहभागि हुन प्रधानमन्त्री देउवाको अनुरोध

काठमाडौं । राष्ट्रिय जनगणनाका लागि घरघरमा आउने गणकलाई सही विवरण उपलब्ध गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकमा अनुरोध गरेका छन्। आजबाट राष्ट्रिय जनगणना सुरू भएको छ । सोही अवसरमा भिडिओ सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री देउवाले यस्तो अनुरोध गरेका हुन् ।

देउवाले भने, ‘देश विकासका लागि उपयुक्त नीति निर्माण गर्न आवश्यक सूचनाको आधार स्तम्भका रुपमा रहेको राष्ट्रिय जनगणना २०७८ आजबाट सुरु हुँदैछ । जनगणनाले व्यक्तिको मात्र गणना नगरी देश विकास मार्गचित्र तय गर्दैछ । त्यसैले सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना संकलन गर्ने कार्यमा सहयोग गर्न अनुरोध गर्दछु ।’

गणकले सोधेका प्रश्नहरूको सही जवाफ दिन देउवाले आग्रह रेका छन् । सूचना गोप्य रहने भन्दै सम्पूर्ण व्यक्तिगत विवरण तथ्यांक ऐन २०१५ बमोजिम काम गरिने बताए । आ आफ्नो घरमा आउने गणकहरुलाई सही विवरण दिन प्रधानमन्त्री देउवाले सबैमा अनुरोध गरेका हुन । जनगणना तथ्यांक ७५३ स्थानीय तहको ६ हजार ७४२ वटै वडाको छुट्टाछुट्टै अभिलेख राखिने समेत जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.