भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

साउदीका महिला पनि सेनामा भर्ती हुन पाउने, यस्ताे छ कानुनी व्यवस्था

साउदीका महिला पनि सेनामा भर्ती हुन पाउने, यस्ताे छ कानुनी व्यवस्था

साउदी । अरबका महिलाहरू पनि अब सेनामा भर्ती हुन पाउने भएका छन् । सेनामा महिलाका लागि पनि भर्ती खोल्ने साउदीको रक्षा मन्त्रालयले जनाएको छ ।

साउदी अरेबियन आर्मी, रोयल साउदी एयर डिफेन्स, रोयल साउदी नेभी, रोयल साउदी स्ट्राटेजिक मिसाइल फोर्स र आर्म्ड फोर्सेस मेडिकल सर्भिसेजमा भर्तीका लागि आवेदन दिन पाउने साउदी महिलाले व्यवस्था मिलाउन अनुरोध गरेकि छिन्।साउदी महिलाहरू सिपाहीदेखि सर्जेन्टसम्म पदमा भर्ती हुन सक्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

सोही अनुसार साउदी युवराज मोहम्मद बिन सलमानको भिजन २०३० इनिसियटिभ अन्तर्गत महिलाहरूलाई सेनामा भर्ती गर्न खुला गरिएको हो।

मापदण्ड
सेनामा भर्ती हुन २१ देखि ४० वर्षका महिलाहरूले दर्खास्त दिन पाउने छन् । १५५ सेन्टिमिटर उचाइ भएका र कुनै सरकारी जागिर नखाएका महिला मात्र भर्ती हुन पाउनेछन् । हाइस्कुल उत्तीर्ण गरेकी र विदेशीसँग विवाह नगरेकीले पनि भर्ती हुन पाउने छन् ।

महिलाको पक्षमा कडा कानुन बनाएको साउदीले सन् २०१८ मा महिलालाई गाडी चलाउन अनुमति दिइएपछि विस्तारै महिलाहरु पनि अधिकारका लागि लड्दै आएकी थिइन् ।

 


Thali Mobile Pvt.Ltd.