भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

साउन महिनाको अन्तिम सोमबार डोलेश्वरमा भक्तजनको घुइँचो (फोटो फिचर)

साउन महिनाको अन्तिम सोमबार डोलेश्वरमा भक्तजनको घुइँचो (फोटो फिचर)

भक्तपुर। साउन महिनाको अन्तिम सोमबार भक्तपुरको प्रसिद्ध शिवालय केदारनाथको शिर डोलेश्वरमा भक्तजनको घुइचो लागेको छ । साउन महिना भर व्रत बसी पुजाआजा गरे मागेको पुग्ने दृष्टिकोण अनुसार पुजा गर्ने भक्तजनको घुइचो लागेको हो । हिन्दु परम्परा अनुसार यो दिनलाई महत्वपूर्ण दिनका रुपमा लिने गरिन्छ । यो दिन महिलाहरुले पूजा आराधना गरी साउनको सोमबारे व्रत समापन गर्ने प्रचलन समेत रहेको छ ।

साउनको पहिलो सोमबारदेखि सुरु भएको व्रत शिव मन्दिरमा पुगेर पूजा आराधना गरी महिलाहरुले समापन गर्ने गर्दछन् । साउन महिना शिवजीसँग जोडिएको महिना भएकाले साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास रहेको छ । साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिने गरिएको छ ।

पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्ती अनुसार महिलाहरूले यसलाई बढी महत्त्व दिएको पाइन्छ । विशेष गरी साउनको सोमबार शिवजीको व्रत एवं पूजा गर्ने चलन छ । यसै जनविश्वास अनुसार साउन महिनाको अन्तिम सोमबार डोलेश्वर महादेवको मन्दिरमा भीड लागेको हो ।
साउन महिना अधिक वर्षा हुने भएकाले शिवलाई बढी प्रिय लागेको किम्बदन्तीमा उल्लेख गरिएको छ ।

डोलेश्वर साउनको अन्तिम सोमबार दर्शन गर्न आउने भक्तजनहरुका कारण भरि भराउन भएको थियो । यहाँ दर्शन गर्न आउने भक्तजनहरुको लाइन पहिलेका सोमबारको भन्दा कम भएपनि सम्पूर्ण व्यवस्था गरिएकाले अप्ठेरो नभएको स्थानीयको भनाई छ । डोलेश्वर दर्शन गर्न जाने मानिसहरुको यातायात सुविधाका लागि ट्राफिक प्रहरिले पनि महत्वपूर्ण भूमिका खेलेको र शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी लगायतका सुरक्षा निकायले पनि आफ्ना सम्पूर्ण युनिटहरुलाई परिचालन गरेको थियो । तस्वीरहरु

 


Thali Mobile Pvt.Ltd.