भर्खरै : Sorry, your browser does not support inline SVG.

सात जना विद्यार्थी र १३ जना शिक्षक रहेको विद्यालय अहिले नमुना

सात जना विद्यार्थी  र १३ जना शिक्षक रहेको विद्यालय अहिले नमुना

भक्तपुर । कुनै समय थियो साविक गुण्डु गाविसमा अवस्थित भैरवी आधारभूत विध्यालय मर्जको अवस्थामा पुगेको थियो । तर स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि अहिले यो विद्यालय नमुना विद्यालय बनेको छ । सूर्यविनायक नगरपालिका वडा नं ७ को भैरवी आधारभूत विद्यालको हालै उद्घाटन सम्पन्न भएको भएको छ । प्रतिनिधिसभा सदस्य महेश बस्नेत बुधबार उक्त विद्यालयको उद्घाटन गरेका हुन ।

२०३६ सालमा स्थापना भएको विद्यालय विभिन्न आरोह अवरोर पार गर्दै अगाडि बढिरहदा २०६० सालसम्म राम्रोसंग सन्चालन भएको थियो ।
त्यसपछिका वर्षहरु विद्यालय ओरालो लाग्दै २०७३ सालमा सात जना बिद्यार्थी र १३ जना शिक्षक मात्रै सिमित रहन पुग्दा तत्कालीन जिल्ला शिक्षा कार्यालयले समायोजन या बन्द गर्न चेतावनी दिएपछि विद्यालयको भविश्यलाई लिएर आफू चिन्तीत बनेको सूर्यविनायक नगरपालिका वडा नं सातका वडा अध्यक्ष रविन्द्र सापकोटाले जानकारी दिए ।

उनले तात्कालिन जिल्ला शिक्षा कार्यालयको उक्त चेतावनीको सामना गर्दै विद्यालय अहिलेको स्थानमा पुर्‍याउन निकै मेहनत गर्नु परेको बताउदै २०७४ को स्थानीय तह निर्वाचनमा मतदान केन्द्र समेत रहेको विद्यालय र आफूले अध्ययन गरेको विद्यालय भएकाले आफू जनप्रतिनिधिरुपमा निर्वाचित भएपछि बिद्यालयलाई पुर्नजीवन दिने महत्वकांक्षी योजनामा सफल भएको जानकारी दिए ।अध्यक्ष सापकोटाले आफू निर्वाचित वडा अध्यक्ष भएपछि खेतको डिलबाट हिड्नु पर्ने ठाउँमा ६ मिटर सडक निर्माण ,पछाडि खोलामा बासको फट्केको ठाउमा कलभट निर्माण, पुराना शिक्षकहरु सरुवा नयाँ शिक्षक भर्ना, प्रधानाध्यापक परिवर्तन, बिद्यालय सेवा क्षेत्रभरिका विद्यार्थीको लगत संकलनलगायतका कार्यहरु महत्वका साथ सम्पादन गरिएको बताए ।

अध्यक्ष सापकोटाले लगत संकलन गर्दा ५२७ जना विद्यार्थी रहेको तथ्यांक सार्वजनकि गरेको भएपनि त्यसमध्य एक सय जना बिद्यार्थी भर्ना गर्ने योजनाका साथ अगाडि बढेको यात्रा अहिले सुनौलो यात्राको रुपमा परिणत भएको जानकारी दिए । बिद्यालसम्म जाने ६ मिटरको कालोपत्रे सडक निर्माणसंगै, अहिले भैरवी आधारभूत बिद्यालयमा १९५ जना बिद्यार्थी र ११ जना शिक्षक कार्यरत रहेको विद्यालयका प्रधानाध्यापक राजकुमार बस्नेतले जानकारी दिए । उनले विद्यालयलाई अहिलेको अवस्थामा पुर्‍याउन जिम्मेवार निर्वाचित जनप्रतिनिधिहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

हालसम्म यो विद्यालयमा चारकोठे पक्कि भवन २ वटा ,सुबिधासम्पन्न कक्षा कोठा, ४ कोठे शौचालय २ वटा, स्वच्छ खानेपानीको ब्यवस्था सबै कक्षामा कम्प्युटरको ब्यवस्था, अग्रेजी माध्यमको पढाइ ,विद्यार्थीलाई दिवा खाजा कार्यक्रम , ब्यवस्थीत अफिसरुम, दक्ष शिक्षक शिक्षिका, कटिबद्ध प्रधानाध्यापक रहेको र व्यापक चुनौतीका साथ  आफूहरुले कार्य सम्पादन गर्दै नमुना विद्यालयको रुपमा विकास गर्न सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन खतिवडाले जानकारी दिए । भिडियाे यहाँ……..

 


Thali Mobile Pvt.Ltd.