भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सामसङ ग्यालेक्सी ए ७२ अब नेपालमा

सामसङ ग्यालेक्सी ए ७२ अब नेपालमा

काठमाडौं । सामसङको नयाँ स्मार्टफोन ग्यालेक्सी ए ७२ नेपाली बजारमा सार्वजनिक भएको छ । सामसङ नेपालले उत्कृष्ट क्यामेरा, स्मूथ स्क्रोलिङ डिस्प्ले र आईपी ६७ रेटिङको पानी तथा धुलो प्रतिरोधात्मक फिचर र लामो समय टिकाउ हुने ब्याट्री सहित ए सिरिजको स्मार्टफोन नेपाल भित्र्याएको हो ।

आईपी ६७ रेटिङको अर्थ धुलो नटासिने तथा १.५ मिनेटसम्मको गहिरोमा आधा घण्टासम्म डुब्दा समेत पानी पस्दैन । ‘हामीले ग्राहकको चाहनालाई मध्यनजर गर्दै सस्तो मूल्यमा उत्कृष्ट स्मार्टफोनको रुपमा ग्यालेक्सी ए ७२ नेपाली बजारमा सार्वजनिक गरेका छौं,’ सामसङ मोबाइल नेपालका बिजनेस हेड प्रणयरत्न स्थापितले भने, ‘ग्यालेक्सी ए ७२ सामसङको ए सिरिजको उत्कृष्ट स्मार्टफोन हो ।’

सामसङ ग्यालेक्सी ए ७२ मा ७४ मेगापिक्सेलको मेन सेन्सर सहित पछाडि भागमा चार वटा क्यामेराहरु राखिएका छन् । जसमा १२ मेगापिक्सेलको अल्ट्रा वाइड, ८ मेगापिक्सेलको टेली लेन्स र ५ मेगापिक्सेलको म्याक्रो लेन्स दिइएको छ ।

त्यस्तै फोनको अगाडि भागमा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ । यो स्मार्टफोनमा ८ एमपी हाई रेजोलुसनमा फोरके भिडियो रेकर्डिङ गर्न सकिन्छ । २०३ ग्राम तौल रहेको यो मोबाइलमा ३०Xडिजिटल जुम र ३X अप्टिकल जुम रहेको छ ।

यसका केहि फिजरहरू

मजेदार डिस्प्ले

सामसङ ग्यालेक्सी ए ७२ मा ९० हर्ज रिफ्रेश रेट सहित ६.७ इन्चको फुल एचडी सुपर एमोलेड इन्फिनिटी ओ डिस्प्ले दिइएको छ । जसमा आँखामा कम असर पर्ने डिस्प्ले, स्मार्टफोनको प्रयोगमा आधारित स्वचालित कलर टेम्प्रेचर एडजस्ट आदि फिचर रहेका छन् ।

शक्तिशाली ब्याट्री

फोनमा २५ वाट फास्ट चार्जिङ सपोर्ट सहित ५००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री राखिएको छ । जुन दुई दिनसम्म आनन्दले टिक्ने कम्पनीको दाबी छ । यसमा स्टेरियो स्पिकरका साथै एक टीबीसम्मको मेमोरिकार्ड सपोर्ट समेत दिइएको छ ।

जसमा डल्बी साउन्डको आनन्द लिन सकिन्छ । कम्पनीका अनुसार ग्यालेक्सी ए ७२ मा तीन पुस्तासम्मको सफ्टवेयर अपग्रेडको सुविधा रहनेछ । जसअनुसार कम्तिमा चार वर्षसम्म नियमित रुपमा सेक्युरिटी अपडेट पाउन सकिनेछ ।

मूल्य र उपलब्धता

सामसङ ग्यालेक्सी ए ७२ स्मार्टफवन असम भायोलेट, असम ब्लू र असम ब्ल्याक कलर भेरियन्टमा खरिद गर्न सकिनेछ । यो स्मार्टफोनको मूल्य ८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टका लागि ५१ हजार ९९९ रुपैयाँ राखिएको छ ।

त्यस्तै ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टका लागि ५६ हजार ९९९ रुपैयाँ पर्नेछ । नयाँ ग्यालेक्सी ए ७२ स्मार्टफोन नेपालभर रहेका सामसङ ब्राण्ड पसल तथा निश्चित रिटेल स्टोरमा खरिद गर्न सकिनेछ ।

 


Thali Mobile Pvt.Ltd.