सामाजिक जवाफदेहिता औजारको प्रयोगमा भक्तपुर अब्बल

सामाजिक जवाफदेहिता औजारको प्रयोगमा भक्तपुर अब्बल

भक्तपुर । राज्य व्यवस्थालाई जनमुखि र प्रभावकारी बनाउन सामाजिक जवाफदेहिताको अतुलनिय महत्व रहेको छ । राज्यका औपचारिक संस्था र संरचनाहरू स्वचालित गराउने मध्यको एक हो सामाजिक जवाफदेहिता । सार्वजनिक सरोकारका विषयमा अन्वेषण, अध्ययन, परीक्षण गर्ने एक उत्तम विधिको रुपमा सामाजिक परीक्षणलाई लिन सकिन्छ ।

हाम्रो जस्तो विकासउन्मुख देशका लागि त यो झन नभइ नहुने तत्वको रुपमा पनि लिन सकिन्छ । साधन, स्रोत र शक्ति जनताको पहुँचमा, उनीहरुको हितमा बनाईरहन पारदर्शी र संधैभरी जनताको निगरानी, परीक्षण र जवाफदेहिताले मात्र सम्भव छ । जनताबाट कर उठाउने र त्यसको पारदर्शीरुपमा खर्च भएको छ कि छैन ? भन्ने कुराको लेखाजोखा गर्न सामाजिक जवाफदेहिता हुन अति आवश्यक छ ।

अहिलेको लोकतान्त्रिक व्यवस्थामा जवाफदेहिताको पालना र इमानदारिता अति आवश्यक विधिको रुपमा लिन सकिन्छ । सार्वजनिक निकाय जवाफदेहि छन् कि छैनन् ? अर्थात जिम्मेवारी छन् कि छैनन् ? भन्ने कुरा जब सर्वसाधारणले जवाफदेहिता खोज्ने गर्दछन्, त्यति बेला मात्र थाहा हुन्छ । के काम भइरहेको छ ? स्रोत साधन र शक्तिको प्रयोग कसरी भइरहेको छ ? जनता सामु गरिएका वाचा पूरा भएका छन् कि छैनन् ?

anjirसार्वजनिक पदधारण गरेका व्यक्ति वा अधिकारीको आचरण जनमुखि छ कि छैन ? भन्ने कुरा खोतल्न सामाजिक जवाफदेहिता नभईनहुने औजार हो । सामाजिक जवाफदेहिताको महत्त्वपूर्ण पाटोलाई पारदर्शिरुपमा जनताका सामु ल्याउन ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (TI Nepal)ले भ्रष्टाचार नियन्त्रणको प्रयास सुधारोन्मुख भए पनि आशा अनुसारको प्रतिफल प्राप्त नभएकाले सामाजिक जवाफदेहिताको पक्षमा जोडदार पहल गरिरहेको छ ।

नेपालमा सुशासनको अवस्थामा सुधार हुँदै गएको छ । यसैबीच सामाजिक जवाफदेहिताका औजारहरुको प्रयोगमा के कस्तो बृद्धि भएको छ ? यस विषयमा भक्तपुर जिल्लाका १७ वटा कार्यालयमा सामाजिक जवाफदेहिताका औजारहरुको प्रयोग सम्बन्धि सर्भे गरेर (टिआई नेपाल)ले सोको प्रयोगको स्थिति बारे जिल्ला प्रशासन कार्यालयमा जानकारी गराई सोको प्रयोगमा बृद्धि भएको पाएकाे छ ।

सोही कार्यालयहरुबाट थप सुचना लिएर फलोअप गर्दा केही कार्यालयमा बाहेक अरु सबै कार्यालयमा सन्तोषजनक उपलब्धि भएको पाईएको छ ।

सामाजिक जवाफदेहिताका औजार प्रयोगको अवस्था
नागरिकलाई प्रदान गर्ने सेवा सुविधा सरल र प्रभावकारी बनाउन सामाजिक जवाफदेहिता सम्बन्धीका विभिन्न औजारहरूको प्रयोग भक्तपुरमा अधिक रुपमा प्रयोग भएको छ । सुशासन कायमका लागि संविधान एवं कानुनपर्द सबै सेवाप्रदायक कार्यलयमा यी औजारहरूको प्रयोग अनिबार्य गर्न मार्गनिदेर्श पनि गरेको पाइएको छ । फिल्ड रिर्पोटिङ्गको क्रममा शासन प्रणालीलाई पारदर्शी, जवाफदेही र नागरिकमुखी बनाउन भक्तपुरमा यस्ता औजारहरूको प्रयोग प्रभावकारी भएको छ ।

भूकम्प पश्चात नयाँ संरचना निर्माण पनि द्रुत गतिमा निर्माण भएका छन् । नयाँ संरचनालाई व्यवस्थित गरिए पनि यसको अभ्यासलाई घनीभूत बनाउन थप जरुरी देखिएको छ । केही कार्यालय बाहेक सबै कार्यालयमा सामाजिक जवाफदेहिताका औजारको व्यवस्थित गरी कार्यान्वयन गरेको देखिएकाे छ ।

नागरिक बडापत्र, सूचना पाटी, सूझाव पेटिका, गुनासो पेटिका व्यवस्थितरूपमा राखिएको छ । कतिपय कार्यालयमा राखिएका औजारहरु केवल देखाउनका लागि राखिएको जस्तो पाईएकाे छ । नागरिक बडापत्रमा धुलोले ढपक्कै ढाकिएको, सर्वसाधारणले पढ्न नसक्ने ठाउँमा झुण्ड्याएको र हावाले च्यात्तिएको अवस्थामा पाईएको छ ।

सरोकारवालासंग किन यति अव्यवस्थित भन्दा यी औजारमा खासै जनचाँसो नभएको र डिजिटल प्रविधिको आवाश्यक्ता रहेको अभिव्यक्ति दिएका छन् । फलोअपका क्रममा देखिएका सामाजिक जवाफदेहिता औजारहरुको परिमार्जन गर्नुपर्ने, डिजिटल प्रविधिमा जानुपर्ने आवश्यक्ता भने सबै कार्यालयले महशुस गरिरहेकाे पाइएकाे छ ।

सामाजिक जवाफदेहितामा अब्बल भक्तपुर नगरपालिका
सामाजिक जवाफदेहितामा भक्तपुर नगरपालिका अब्बल मानिएकाे छ । नगरपालिकाबाट प्राप्त हुने सेवा जनमुखी बनाउन हरसम्भव प्रयत्न गरिएको छ । कर्मचारी र सेवाग्रहीहरुबीच सहकार्य नजिकबाट गरिरहेकाे छ । प्रश्न उठाउने, सुझाव तथा प्रतिक्रिया दिने, जवाफदेही हुने वातावरण सिर्जना र सामाजिक जवाफदेहिताका औजारको व्यापक प्रयोग भएको पाईएको छ ।

BKT

                                                                  भक्तपुर नगरपालिका भवन

काम, काम गर्दा देखाएको आचरण, प्रयोग गरेको शक्ति र स्रोतमाथि विश्वस्त पार्न अहम भूमिका नगरपालिकाले खेलेको छ । टिआई नेपालले भूकम्पपछिको अवस्थामा खेलेको महत्वपूर्ण कार्यको सबैले अनुसरण गरेको देख्दा खुसि व्यक्त गरेको कर्मचारीकाे भनाइछ । सार्वजनिक निकायका कामहरूको स्थिति, प्रकाशन, सूचना तथा जानकारीको प्रकाशन प्रशारण, गुनासो तथा संवाद, निर्माण स्थलमा जानकारी सहितको होडिङ्गबोर्ड, आई.ई.सि सामग्री प्रकाशन, सार्वजनिक सुनुवाई जाेडदार रूपमा गरेकाे छ ।

badapatra

                                          भक्तपुर नगरपालिका नागरिक बडापत्र

सेवाग्राही र सेवाप्रदायकबीचको अन्तरक्रिया, जानकारी तथा संचार माध्यममार्फत प्रचार प्रसार, मासिक, त्रैमासिक, चौमासिक र वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने कार्य मात्रै होइन, नगरापालिकाले गरेका गतिविधिको नगरवासीलाई मासिकरुपमा जानकारी सहितका पत्रपत्रिका पनि प्रकाशन गरेको  छ । जसले गर्दा सेवा प्रदायक र सेवाग्राहीबीच सम्वन्ध सुदृढ मात्रै नभएर सूचनाको हकको भरपुर उपयोग गरेकाे छ ।

भक्तपुर नगरपालिकाले सेवाग्राहीबीच निरन्तर सार्वजनिक सुनुवाई पनि गरेको छ । नागरिक र सेवा प्रवाह गर्ने जिम्मेवार निकायको ओहदामा बसेका पदाधिकारीहरूबीच सार्वजनिक थलोमा बसेर समग्र सेवा, वस्तु र सुविधाबारे छलफल गर्ने प्रक्रियाले गर्दा नागरिकमा थप उत्साह जागेको पाइएकाे छ । नागरिक र जिम्मेवार निकायका पदाधिकारी बीच लिनुपर्ने र दिनुपर्ने सवालमा छलफल हुने भएकाले यो विधि उपयुक्त भएको स्थानीयले बताएका छन् ।

स्रोत साधनको न्यायोचित बितरण नहुँदा असन्तुष्ट हुने समस्याहरूलाई हल गर्न सार्वजनिक सुनुवाई प्रभावकारी औजाररुपमा प्रयोग भएको छ । सुशासन ऐनलाई आधार बनाएर सार्वजनिक सुनुवाईलाई थप व्यवस्थित बनाउदा नागरिकको गुनासो र जिम्मेवार सँस्थाको सहजीकरणको कार्यले सबलीकरणको पाटो झन सुदृढ भएको छ । जसले गर्दा जिम्मेवार पदाधिकारीलाई सार्वजनिक बस्तु, सेवा र सुविधाको बारेमा सेवाग्राहीबाट पृष्ठपोषण प्राप्त गर्ने अवसर र कमीकमजोरी सच्याउन मद्दत मिलेको कर्मचारीकाे भनाइ छ ।

नागरिकले सरकारी सेवा प्राप्तिमा प्रत्यक्ष देखेका र भोगेका अनुभवलाई सँगालेर सेवा प्रवाहलाई सुधार्न वा थप प्रभावकारी बनाउन सहयोगी औजार भएकाले सल्लाह सुझाव लिएर आपसी सहमतिबाट पनि सुशासन कायम गराउने औजारका रुपमा प्रयोग भएको उदाहरण यहाँ देख्न सकिन्छ ।

उत्कृष्टताको प्रतिक जिल्ला प्रशासन कार्यालाय भक्तपुर
सुशासन र सामाजिक जवाफदेहिता अभिवृद्धि गर्न जिल्ला प्रशासन कार्यालयले कुनै कुरामा सम्झौता नगरेको देखिएको छ । समग्र जवाफदेहिताको राजा राजनीति भएकाले यो क्षेत्रलाई समेत सुधार गर्न आवश्यक छ । राजनैतिक क्षेत्रका विकृतिले सार्वजनिक क्षेत्रमा पनि प्रभाव परेको छ ।

parsasan

                                                    जिल्ला प्रशासन कार्यालय, भक्तपुर

राजनीति सहि भएका अर्थात राजनैतिक दलका नेतृत्व सहि भएमा सत्तामा गएका पार्टीले सहि काम गर्ने भएको हुदा राजनैतिक जग सहि हुनु पर्ने गुनासा यहाँ पाउन सकिन्छ । प्रविधि र सूचनाको युगमा सबैले समान पहुँच राख्न आगश्यक छ । जवाफदेहिता र पारदर्शीता झन आवश्यक भएकाले आम जनताले स्रोत, साधन, बजेटको बारेमा जानकारी आमरूपमा जान्न आवश्यक हुन्छ ।

bada

                                                 धुलाेले भरिएकाे नागरिक बडापत्र

जिल्ला प्रशासन कार्यालयले सामाजिक जवाफदेहिताका औजारहरुको भरपुर प्रयोग मात्रै गरेको छैन, नगरेका ठाउँमा एक्सन पनि लिएको पाईएको छ । तर यी औजारमध्य बडा पत्रको हालत भने धुलोले भरिएको छ । धुलो पुच्छ्ने कर्मचारी अहिलेसम्म भेटाएको छैन । कार्यालयले सेवाग्राहीलाई सहजसेवा दिईरहेको शैलेन्द्र मलेकारको भनाई छ ।

पशुसेवा कार्यालय भक्तपुरको सबैकाम लगनखेलले हेर्छ
सामाजिक जवाफदेहिताको कार्यमा अगाडि रहेपनि पशुसेवा कार्यालयको सबैकाम लगनखेल ललितपुरले हेर्ने गरेको कर्मचारी लालमती तामाङ्गकाे भनाइ छ । पशुमा लाग्ने रोगको सबै उपचार यहाँ हुने गरेपनि सामाजिक जवाफदेहिताका औजार मध्य नागरिक बडापत्र भने राखेको पाईएन । सार्वजनिक सुनुवाई, अन्तरक्रिया त निरन्तर भइरहेको तामाङ्गको भनाई छ ।

pasu

                                                                       जिल्ला पशुसेवा कार्यालय

यी औजारहरुमा पछिल्लो समय खासै चाँसो सेवाग्राहीले नदिएको पाइएको छ । जनतालाई अधिकार र कर्तव्यको बारेमा शिक्षा, वफादारिता वा शुद्धता र कर्मचारी तन्त्रलाई पूर्ण सेवाग्राही प्रति जवाफदेही बनाउन यी औजारको आवश्यकता भने कार्यालयले महत्वका साथ हेरेको उनको भनाई छ । जसले गर्दा स्थानीय सुशासन, सामाजिक जवाफदेहिता, भ्रष्टाचार न्यूनीकरणका लागि कार्य गर्न सहज हुने गरेको र प्रतिवेदन सार्वजनिक हुने गरेको उनको भनाई छ ।

औजारको भरपुर उपयोग गरेको छ जिल्ला विद्युत प्राधिकरण
सामाजिक जवाफदेहिताका औजारहरुको प्रयोग पूर्णरूपमा भएको छ । सेवाग्राहीका गुनासा बरोबर आउने गरेकाे कर्मचारीकाे भनाइ छ । सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, खर्चको लेखाजोखा नागरिक प्रतिवेदन पत्र, नागरिक शिक्षा जस्ता (Social Accountabliity Tools) को व्यापक प्रयोग र अभ्यासमा चासो छ ।

bidhut

                                                           जिल्ला विद्युत प्राधिकरण, भक्तपुर

सुशासन कायम राख्न यी औजारको मद्दत निकै पुगेको कार्यालयका कर्मचारी सफल्ता खतिवडाको भनाई छ । नागरिक बडापत्र, सूचना पाटी, गुनासो पेटिका, आइइसी सामाग्री प्रकाशन, सार्वजनिक सुनुवाई, अन्तरक्रिया, संचारमाध्यममा प्रचारप्रसार र रिर्पोटिङ्ग बरोबर हुने गरेको उनको भनाई छ ।

sujhab bidhut

                                                            सूझाव पेटीका विद्युत प्राधिकरण

सूनपा वडा नं. ५ कटुन्जेमा नागरिक बडापत्र भए पनि  च्यातिएकाे अवस्थामा
सामाजिक जवाफदेहिताका औजारहरु नागरिकका लागि अनिवार्य राखिए पनि नागरिक बडापत्रको अवस्था भने नाजुक अवस्थामा छ  । हावाहुरीले च्यातिदिएपछि पुन राख्न सूर्यविनायक नगरपालिकासंग माग त गरियो तर सुनुवाइ नभएको कर्मचारीको भनाई छ ।

nagarik badapatra

                                                               नागरिक बडापत्र कटुन्जे

सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुन्जेमा नागरिका गुनासा व्यापक आउने गरेका छन् । सूझाव पेटिकामा भन्दा पनि मौखि आउने गरेका छन् । सेवाग्राहीले सेवा सुविधालाई सम्मानजनक, सहज, सरल र छिटो रुपमा अपेक्षा गरिरहँदा त्यस्तो सेवा दिन नसक्दा सामाजिक जवाफदेहितामा दखल परेको अनुभव पनि कर्मचारीले अनुभव गरेकाे अनिता केसीको अनुभव छ ।

                                                                सूचना पाटी

यहाँ सूचना पाटी व्यवस्थित गरिए पनि सूझाव पेटीकाकाे अवस्था नागरिक बडा पत्रकाे जस्तै छ ।

सामाजिक जवाफदेहिताको क्षेत्रमा जिम्मेवारी छ सूर्यविनायक नगरपालिका
विकास निर्माणका कार्यहरु तथा स्थानीय बासिन्दाहरुसंग निरन्तर छलफल र पारदर्शी ढंगले काम गरिरहेकाे सूर्यविनायक नगरपालिकाले गरेकाे छ । सेवा सुविधाहरुको विषयमा सेवग्राहीहरुको प्रतिक्रिया तथा गुनासाहरुका साथै आगामी दिनहरुमा सुधार गर्नका लागि चाल्नु पर्ने कदमहरु सूर्यविनायक नगरपालिकाले भरपुर चालेको छ ।

sunapa

                                                                      सूर्यविनायक नगरपालिका

यी औजारहरुको भन्दा अझ महत्वपूर्ण कार्य गरेर पनि नगरले देखाएको छ । कानुनी शासन, सामाजिक उत्तरदायित्व तथा सामाजिक जवाफदेहिताको कार्यमा जिम्मेवारी निभाउन यस कार्यालयले निकै सघाउ पु¥याएको छ । नगरपालिकाले जनगुनासाहरु सुन्ने, जनताको समस्यामाथि छलफल गर्ने, नगरपालिकामा गरिएका कामहरुको मूल्यांकन गर्ने र सुधार गर्नुपर्ने क्षेत्रहरुको पहिचान गरी अपेक्षा गरिएका उपलब्धि, नगरपालिका र नगरबासी बीचको सम्बन्ध अझ राम्रो कसरी गर्न सकिन्छ ? भन्नेमा विशेष ध्यान दिएको छ ।

आयोजना सञ्चालन र सेवा प्रवाह गर्दा देखिएका राम्रा र नराम्रा दुवै पक्षको कार्य मूल्यांकनमा ध्यान दिदै सेवाप्रवाहमा सामाजिक जवाफदेहिताका विभिन्न औजारहरुको अभ्यास गरि जनसंलग्नता अभिवृद्धि गर्ने, सेवाप्रवाहमा देखिने कमि कमजोरी अथवा सुधारका पक्षमा योजना बनाउने र सेवाप्रवाहमा प्रभावकारीता ल्याउन नागरिकलाई जवाफदेहि बनाउने कार्यमा ध्यान दिएको छ ।

suchna pati

                                                              सूचना पाटी र सूझाप पेटीका

अब पुरानै शैलीले भन्दा पनि नयाँ आधुनिक शैलीका औजार राख्नु पर्ने सूझाव नागरिकाले दिएकाे छ । डिजिटल शैलीको अनुभव लिनेखालको व्यवस्था सेवाग्राहीले चाहेको भन्दै अब सबै कुराको लेखाजोखा सूर्यविनायक नगरपालिकामा देख्न सकिने र आवश्यक परे शनिवार पनि सेवा दिने गरेको सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीको भनाई छ ।

जनगुनासोहरुको प्रत्यक्ष सुनुवाई गरेर सेवा दिन्छ आन्तरिक राजस्व कार्यालय
जनताको आवाज तथा जनगुनासोहरु प्रत्यक्ष रुपमा सुन्ने र जवाफ दिनुका साथै सहज सेवा प्रदान गर्ने गरेको आन्तरिक राजस्व कार्यालय भक्तपुरले गरेकाे छ । सेवा प्रवाह र सेवाग्राही प्रतिको जवाफदेहीता, उत्तरदायित्व र कार्यालयबाट प्रवाह भइरहेको सेवामा सुशासनको प्रत्याभूति दिने किसिमले कार्यलाई अगाडि बढाइरहेको छ ।

rajaso bkt

                                                                आन्तरिक राजश्व कार्यालय भक्तपुर

सामाजिक जवाफदेहिताका औजारको भरपुर उपयोग र व्यवस्थित गरिएको छ । पहिलो चोटि टिआई नेपाल आउदा र फलोअपमा आउदा यी औजारको प्रयोगले सेवाग्राहीलाई सहजता भएको सेवाग्राहीको भनाई छ । गोरखा जिल्लाको बारपाकलाई केन्द्रविन्दु बनाई विसं २०७२ वैशाख १२ गते ७.८ रेक्टर स्केलको भूकम्पले देशको भूभागलाई छेदविच्देद बनाएको थियो ।

rajso nagrik

                                                  नागरिक बडापत्र, राजश्व भक्तपुर

                                                   जिल्ला समन्वय समितिकाे भवन, भक्तपुर

जसका कारण ३२ जिल्लामा धनजन, संरचनाहरू, निजी घर, सार्वजनिक भवनहरू, ऐतिहासिक तथा पुरातात्तिक संरचनाहरू ध्वस्तमात्रै भएका थिएनन्, जनधनको ठूलो क्षेति भएको थियो । त्यसपछिको जनजीवन सामान्य बन्दै गएपनि कोरोना कहरले झन विक्रालरुप लियो । यता जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति,

hulak

                                               नागरिक बडापत्र, जिल्ला हुलाक कार्यालय

डिएलपिआयु (जिमाली), डिएलपिआयु (भवन), डिएलपिआयु (शिक्षा), जिल्ला पशुसेवा कार्यालय, भक्तपुर नगरपालिका, वडा नं. १०, सूर्यविनायक नगरपालिका, वडा नं. ५ कटुन्जे, को.ले.नि.का, जिल्ला वन कार्यालय, भूमि सुधार कार्यालय, नेपाल विद्युत प्राधिकरण, सडक डिभिजन

pidit

                                              भुकम्प पीडित अहिले पनि टिनमुनी

जिल्ला हुलाक कार्यालय, आन्तरिक राजश्व कार्यालयमा फलोअप गर्दा सामाजिक जवाफदेहिताका औजारको प्रयोग भएको पाइएको छ ।भूकम्पपछि लथालिङ्ग अवस्थामा पुगेको भौतिक संरचना र मानिसको सामान्य जीवनयापनका कृयाकलाप पहिलेको तुलनामा सामान्य जस्तै लागेपनि कतिपयको अवस्था अझ दयनीय बनिरहेको छ । अझैपनि टिनको छानामुनि बासस्थान बनाएका दृश्य अहिले पनि छ ।

                                                           नागरिक बडा पत्र, शिक्षा

राज्यको सेवा सुविधामा पहुँच उनीहरुको नभएजस्तै भान हुने गरेको छ । पुनः निर्माणका कार्यले गति लिएपनि अझै कतिपय स्थानमा कुहिरो भित्रको काग जस्तै बनिरहेको पाइएको छ । भ्रष्टाचारविरुद्ध क्रियाशील नागरिक संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले पारदर्शिता, जवाफदेही, सदाचार, ऐक्यबद्धता साहस, न्याय, प्रजातन्त्र र सम्मान जस्ता आधारभूत मूल्य मान्यतामा पु¥याएको योगदान र मानिसको जनजीवनमा सुधार ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको भूमिकाको स्थानीयले कदर गरेको पाइयो । जब सम्म ग्रासरूटमा रहेका नागरिकमा सचेतना र राज्यकाे सेवा सुविधामा पहुँच हुने छैन तब सम्म सामाजिक जवाफदेहिताका औजारको प्रयोग व्यापक मात्रामा हुन जरूरी छ ।

 

 


Thali Mobile Pvt.Ltd.