भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

सामाजिक सञ्जाल प्रयोग गरेको आरोपमा महिलालाई ४५ वर्षको जेल सजाय

सामाजिक सञ्जाल प्रयोग गरेको आरोपमा महिलालाई ४५ वर्षको जेल सजाय

एजेन्सी । सामाजिक सञ्जाल प्रयोग गरेर देशलाई नोक्सान पु¥याएको आरोपमा एक महिलालाई ४५ वर्षको जेल सजाय सुनाएको छ ।

साउदी अरेबियाको एक आतंकवाद अदालतले नौरा बिन्त सईद अल–काहतानीलाई सामाजिक सञ्जाल मार्फत सामाजिक पूर्वाधारमा खलल पु¥याउने प्रयास गरेको र सरकारी आदेशहरूको उल्लंघन गरेकोमा दोषी ठहर गरेको हो ।

साउदी अरबको सबैभन्दा ठूलो जनजातिसँग सम्बन्धित नौराविरुद्ध कुनै रेकर्ड उपलब्ध छैन । यसअघि ९ अगस्टमा अर्की एक महिलालाई ट्वीटरमा गरेको गतिविधिमा ३४ वर्षको जेल सजाय सुनाइएको थियो ।

यी महिला लीड्स विश्वविद्यालयमा पीएचडी गर्न लगेकी विद्यार्थी थिइन् । उनी यसैवर्षको जनवरीमा साउदी अरबमा छुट्टी मनाउने क्रममा पक्राउ परेकी थिइन । सलमा शाहाबलाई सरकारी आदेशको उल्लंघन लगायत अन्य कैयौं आरोपमा दोषी ठहर गरिएको थियो ।

उनीहरुलाई आतंकवाद विरोधी र साइबर अपराध विरुद्धको कानुन अन्तर्गत कारबाही गरिएको वताइएको छ । गत वर्षदेखि सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा केही अन्य महिला पनि पक्राउ परेका छन् । अब उनीहरुलाई पनि कडा सजाय हुने आशंका गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.