भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पर्यटन व्यवसायी राम सुन्दुर बके नेपाल उद्योग व्यापार महासंघको अध्यक्षमा निर्वाचित

पर्यटन व्यवसायी राम सुन्दुर बके नेपाल उद्योग व्यापार महासंघको अध्यक्षमा निर्वाचित

भक्तपुर । पर्यटन व्यवसायी राम सुन्दर बकेको नेतृत्वमा नेपाल उद्योग व्यापार महासंघको भक्तपुर जिल्ला कार्यसमिति चयन भएको छ । बुधबार सम्पन्न प्रथम जिल्ला भेलाबाट भक्तपुरको रानीकोटमा अवस्थित भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक तथा जे पाक्छ त्यही विक्छ अभियानका अभियान्ता राम सुन्दर बकेको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन भएको हो ।

उपाध्यक्षमा राजेन्द्र आगंजा, सानुराजा कार्की, र शान्ति केसी निर्वाचित भएका छन्भ । समतिको महासचिवमा सोनाम मानान्ध,सचिवमा राजु कुटु र दिल कुमार बाला चयन भएका छन् ।
समितिको कोषाध्यक्षमा बिकास लाखे चयन भएका छन् भने सह कोषाध्यक्ष कृष्णमान प्रजापति चयन भएका छन् ।
व्यवसायीहरुको हक हितका लागि निर्माण भएको कार्यसमितिले व्यवसायीहरुको हक प्राप्तिका लागि कार्य सम्पादन गर्ने नव निर्वाचित कार्य समितिका अध्यक्ष राम सुन्दर बकेले बताए । उनलले कोराना महामारिबाट थला परेको अर्थतन्त्रलाई बलियो बनाउन होमस्टेलाई अनुदान दिदै पर्यटन व्यवसायलाई जे पाक्छ त्यही विक्छ अभियानमा समाहित गर्नु पर्ने तर्क गरे ।
भेलामा महासंघका केन्द्रीय तथा प्रदेश तहका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.