भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

सामुदायिक वनको योगदान महत्त्वपूर्ण, प्रकृतिको रक्षा गर्न सबै लाग्नु पर्ने

सामुदायिक वनको योगदान महत्त्वपूर्ण, प्रकृतिको रक्षा गर्न सबै लाग्नु पर्ने

काभ्रेपलाञ्चोक । सामुदायिक वनको योगदान महत्त्वपूर्ण रहेको एमाले अध्यक्ष केपी ओलीले बताएका छन् । एमाले निकट केन्द्रीय वन तथा वातावरण विभागले धुलिखेल नगरपालिका–२ मा आयोजना गरेको बृहत् वृक्षरोपण कार्यक्रमममा उनले समुदायको जागरुकताका कारण सामुदायिक वन जोगिएको बताए ।

ओलीले भने, “भूगोलको हिसाबले नेपाल सानो भए पनि ४६ प्रतिशत जमिन वन क्षेत्र भनेर छुट्याइएको छ, अन्य देशले यस्तो गरेका छैनन् । हिमाल, हिमाली क्षेत्र र वन क्षेत्र गरेर वातावरणका लागि नेपालको योगदान ६२ प्रतिशत रहेको छ ।

नेपालको हिमाल र वनजङ्गलका कारण हिमताल, नदीनाला र खोल्साको असाधारण महत्त्व छ भने पछिल्ला दिनमा सामुदायिक वनको भूमिका पनि असाधारण रहेको छ ।” केही वर्षयता वैज्ञानिक वन व्यवस्थापनको नाममा पुराना सालघारी समाप्त पार्ने, सालका वन तथा रुख समाप्त पार्ने र अहिलेका लागि पैसा कमाउने काम भइरहेको आरोप लगाउँदै आफू प्रधानमन्त्री भएका बेला सालको वन समाप्त गर्ने कामलाई रोकेको जिकिर गरे ।

अवसर सिर्जना गर्ने, आम्दानीका स्रोत बनाउने काममा वन लगाउनु पर्ने तर्क अध्यक्ष ओलीको छ । सामुदायिक वनभित्र मरिच, पान, ल्वाङ, काजु, आँप, कटहर, लिची, अम्बाजस्ता हावापानी सुहाउँदा फलफूल तथा जडीबुटीका बिरुवा रोप्न सुझाव दिदै ओलीले प्रकृतिको रक्षा र वातावरणको रक्षाबिना मानिस र चराचर सृष्टि जगत्को अन्त्य हुने भएकाले प्रकृति र मानव जातिलाई जोगाउन सबै लाग्नुपर्ने बताए ।

सहस्राब्दी लक्ष्य पूरा गर्न १५ वटा सूचक वनसँग सम्बन्धित रहेको एमाले वन तथा वातावरण विभाग प्रमुख भारती पाठकको भनाइ छ । विभागले धुलिखेल–२ स्थित अल्छे सामुदायिक वनमा एभोकाडो, कागती, अम्बा, ओखर, लप्सी, कोइरालो, टाँकीलगायतका फलफूलका चार हजार बिरुवासमेत रोपेको छ ।

 


Thali Mobile Pvt.Ltd.