भर्खरै : Sorry, your browser does not support inline SVG.

‘साहसिक, साँस्कृतिक, धार्मिक र पर्या पर्यटनका हिसाबमा उत्कृष्ट गन्तब्य आठबीस’

‘साहसिक, साँस्कृतिक, धार्मिक र पर्या पर्यटनका हिसाबमा उत्कृष्ट गन्तब्य आठबीस’

रक्तिम दैलेखी राकम । कोरोनाले थनथिलो भएको पर्यटन विस्तारै बामे सर्न थालेपछि आठबीस नगरपनि साहसिक पर्यटन सुरुवात गर्ने बाटोमा लम्किएको छ । नगरपालिकाका सबै वडामा साहसिक पर्यकीय पहिचान बोकेका ठाउँहरु धेरै छन् ।

त्यसको विकास, सम्वद्र्धन र प्रवद्र्धन गर्न स्थानीयले माग गरेका छन् । अथाह सम्भावना बोकेको आठबीसमा पर्यटन पवद्र्धन गर्न मेयर तर्कबहादुर बडुवाल, उप मेयर कल्पना थापा र प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर शाही तथा जनप्रतिनिधिलाई पर्यटनका विविध आयामको विकासका निम्ति पहल गर्न स्थानीयले आग्रह गरेका हुन् ।

बाँसुल्या, बयालढुंगा, दह, सिंहासैन, रोल, पिपलकोट, स्याउलेकाँध तिलेपाटा, सिगौडी, निमायल, गाईजात्रुबाट राकम कर्णालीमा साहसिक पर्यटनको पहिचान बोकेको प्याराग्लाइडिङ गर्न अति उत्म भएकाले यससंग सम्बन्धित व्यवसायीलाई आमन्त्रण गर्न पनि माग गरेका छन् । राकममा विमानस्थल समेत निर्माण गरी पर्यटनमा सक्रियता देखाउन सम्वन्धित निकायलाई धचधच्याउन समेत स्थानीयले आग्रह गरेका छन् ।

राकम कर्णालीमा विमानस्थल बनेमा विदेशी पर्यटकलाई कर्णाली घुम्नका लागि उपयुक्त माध्यम हुने र विश्वकै सुन्दर एवं दुर्लभ नदि तथा राराताल जान नजिकैको गन्तव्य हुने विश्वास लिइएको छ । त्यसो भएको खण्डमा कर्णालीमा अर्ब लगानी गर्न चाहनेका लागि पनि ढोका खुल्ने छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणसंग सहकार्य गरेर कर्णालीमा विमानस्थल निर्माण गर्न सकियो भने यहाँको प्रचुर पर्यटनसंग पर्यटकले अनुभव साट्न सक्ने छन् ।

आगामी वर्षहरुमा सञ्चालनमा ल्याउने तयारीसहित पहल गर्न नगरपरिवारलाई स्थानीयले आग्रह गरे । कर्णालीको आकाशमा ‘प्याराग्लाइडिङ र कर्णालीमा –याप्टिङ् गर्दै पर्यटनको ब्रान्ड कर्णाली बनाउने हो भने आठबीसको सुन्दर्तासंग नरमाउने सायदै होलान् । तसर्थ आठबीस नगरले पर्यटनको व्यवस्थापनमा पहल गरिने नगरप्रमुख तर्कबहादुर बडुवाले बताए ।

त्यस्तै कर्णालीको पर्यटन संसारलाई चिनाउन कुनै कसुर बाँकी नराख्ने उप मेयर कल्पना थापाले बताइन् । आकाशमार्ग, पदमार्ग र साहसिक सबै क्षेत्रबाट पर्यटनका लागि चाहिने आवश्यक कार्यका उत्साहित भएर काम गर्ने प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर शाहीले बताए । उनीहरुले भनेको सबै कुरालाई भन्दा प्याराग्लाइडिङको मात्रै पनि व्यवस्थापन र पूर्वाधारमा ध्यान दिने हो भने यहाँ आउने पर्यटकले कर्णाली नदिमा आनन्द लिने छन् ।

यसो भएमा एक दिनमै फर्किने पर्यटकले दुई चार दिनको बसाई लम्ब्याउने छन् । आठबीसको प्याराग्लाइडिङ उडान विश्वमै उत्कृष्ट हुनेमा दुईमत हुने छैन । साहसिक पर्यटनको उपयुक्त गन्तव्य कर्णाली हुने छ भने व्यवसायी पनि थप उत्साहित हुने छन् । विश्वका कतिपय देशमा जहाज उडानसँगै ‘एयर स्पोट्र्स’ गतिविधि हुने गरेकाले आधुनिक प्रविधिको प्रयोग गरेर ती देशमा भएका अभ्यासको अध्ययन गरेर त्यसको अनुसरण कर्णालीमा गर्न सकिने सम्भावना छ ।

अहिलेसम्म यस विषयमा विशेष चासो नराखिनुमा कम्जोरी भएको महशुस नगरपरिवारले गरेको छ । कैलाश खबरसंग कुरा गर्दै नगर प्रवक्ता वीरबहादुर माक्र्सवादीले भने, ‘ साताला हुदै डाब प्याराग्लाइडिङ, जीपलाईन, बोटिङ्ग, यातायातको दुरीलाई कम गराउँन कर्णालीमा मिनी पानीजहाज, भर्तालेख सम्म जोडिने छेपाडीमा होमस्टे संचालन लगायत अब कसरी जाने विकल्प के के हुन सक्छ ? सम्भावना अध्ययन गरेर, सम्भव भएजति सबै कार्य गरिने छ ।’

साँस्कृतिक धरोहरका रुपमा रहेको आठबीसका पञ्चेवाजा, मारुनी नाच, श्रमकारी, भैली, देउडा, हुड्के नाचदेखि धार्मिक पर्यटनको पनि यहाँ अथाह भण्डार छन् । अन्न उब्जाउका फाँटलाई कृषि पर्यटनसंग जोडेर लान सकिए सरकारलाई राजश्वमा समेत टेवा पु¥याउन सकिने छ । रक पर्यटनका हिसावमा पिपलकोट अतिउत्तम छ । ओडार र गुफा एवं जडिबुटीको पनि भण्डारका रुपमा रहेको छ ।

बयालढुंगाबाट सहजै नेपालगंज र सूदुरपश्चिमका धेरै भूभागहरु प्रष्ट देखिने भएकाले यहाँ भ्यूटावर निर्माण गरी पर्या पर्यटनको विकासमा जोड दिन जरुरी देखिन्छ । रारा जाने पर्यटकलाई यहाँको अर्गानिक स्वाद र सास्कृतिक चिनारी देखाउने उपयुक्त गन्तव्यका रुपमा राकमकर्णालीलाई लिन सकिन्छ ।

र्‍याप्टिङ्ग सेवा सञ्चालन
कर्णाली नदिमा र्‍याप्टिङ्ग सेवा भने सञ्चालनमा रहेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुको मनोरन्जनका लागि कर्णाली नदीमा र्‍याप्टिङ्ग सेवा संचालनमा ल्याईएको आनबीस नगरपालिका ४ का वडाध्यक्ष टेक बहादुर माझिले बताए ।

यो सेवा संचालनमा आएपछि मानिसहरुको चहलपहल बढदै गएकोले र्‍याप्टिङ्ग सञ्चालनमा सहजता आएको माझिको भनाइ छ । कर्णाली क्षेत्र पर्यटकीय सम्भावनका दृष्टिले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पहिचान बोकेको हुँदा यसबाट नगरपालिकाको आम्दानी श्रोतमा समेत उल्लेख्य बृद्धि गर्न सकिने उनको भनाइ छ ।

योजना प्राथमिकरण गरेर स्तरीय र आवश्यक्ताका आधारमा पर्यटनलाई विशेष जोड दिएको योजना शाखा तथा सूचना प्रविधि शाखा प्रमुख शेरबहादुर सिजापतिले बताए । जिल्लाको मुख्य आर्कषणका रुपमा बग्ने कर्णाली नदीमा र्‍याप्टिङ्ग सेवा संचालनमा आएपछि अहिले यो क्षेत्र केन्द्रविन्दु बन्दै गएको छ ।

¥याप्टिङ्ग सेवा कर्णाली नदीमा दैनिक संचालन गर्नका लागि पालिकाले निश्चित मापदण्ड तयार गर्नुपर्ने देखिन्छ भने निरन्तरता दिन सर्वसाधारण जनताहरुको पहुँच बृद्धि गर्न नगरपालिकाले लक्ष्य लिनु पर्ने देखिन्छ । कर्णाली नदीमा सञ्चालन भएको र्‍याप्टिङ्ग सेवामा सबैको पहुँच पुगाउने र आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि सेवा गरेवाफत दैनिक शुल्क निर्धारण गरेर नगरपालिकाले यसको अपनत्व लिन जरुरी छ ।

कर्णाली नदीमा र्‍याप्टिङ्ग सेवा सूरुवात गरेपछि बाहिरबाट आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई र्‍याप्टिङ्गमा मनोरन्जन गरिसकेपछि बस्ने व्यवस्था र पर्यटकहरुको संख्याको आधारमा र्‍याप्टिङ्गहरु थप्दै जाने योजना नगपालिकाले बनाएमा राजश्व वृद्धिमा समेत मदत पुग्ने देखिन्छ ।

तस्वीरमा …

Mohotsav


Thali Mobile Pvt.Ltd.