भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

झण्डै ३ वर्षपछि संसदले पायाे उपसभामुख, काँग्रेस सांसद् भुसाल विजयी

झण्डै ३ वर्षपछि संसदले पायाे उपसभामुख, काँग्रेस सांसद् भुसाल विजयी

काठमाडौं । विगत लामो समयदेखि रिक्त प्रतिनिधि सभाको उपसभामुख पदमा नेपाली काँग्रेसकी सांसद् पुष्पा भुसाल निर्वाचित भएकी छन् । २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज चुनाव भएको हो ।

शुक्रबार संसद भवन बानेश्वरमा भएको निर्वाचनमा सत्तारुढ पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार सांसद भुसालको पक्षमा कूल १४८ मत परेको थियो ।

उपसभामुख पदमा नेपाली काँग्रेसकी भुसाल सत्ता गठबन्धनकी साझा उम्मेदवार र नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार थिए । भट्टराईले कूल ९३ मत परेको प्राप्त गरिन् । एक जना भने तटस्थ बसेका थिए ।

भुसालको उम्मेदवारीको प्रस्तावक नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ रहेका थिए भने समर्थकमा एकीकृत समाजवादीकी सांसद लक्ष्मी चौधरी रहेकी थिइन् ।

सभामुख अग्नि प्रसाद सापकोटाले मत विभाजनद्वारा निर्वाचन प्रक्रिया सम्पन्न गराएका हुन् । उम्मेदवारको पक्षमा रहनेलाई सभामुखको आसनको दायाँ तर्फको लबीमा गएर, विपक्षमा रहनेलाई सभामुखको आसनको देब्रेतर्फको लबीमा गएर र तटस्थ रहनेलाई सभामुखको आसनको पछाडिको लवीबीमा गई हस्ताक्षर गरेर मत जाहेर गर्न समय दिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.