भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

सिंहदरबारको मुख ताक्दैनौं, आठबीसमै गुणस्तरीय स्वास्थ्य सेवा दिन्छौंः प्रमुख तिमिल्सेना

सिंहदरबारको मुख ताक्दैनौं, आठबीसमै गुणस्तरीय स्वास्थ्य सेवा दिन्छौंः प्रमुख तिमिल्सेना

राकम । जनताको आधारभूत स्वास्थ्य सेवा पाउने अधिकारलाई मध्यनजर गरी आठबीस नगरपालिकाले स्वास्थ्य सेवा दिइरहेको नगर स्वास्थ्य शाखा प्रमुख देवराज तिमिल्सेनाले बताएका छन् । सहरी स्वास्थ्य केन्द्र स्थापना गरी जनताको घर दैलोमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराएको भन्दै भौगोलिक विकटतालाई हेरेर सेवा विस्तार गरेको बताए ।

३३ हजार २०२ जना जनसंख्यालाई हेरेर विशषज्ञ चिकित्सक सहितको सेवा प्रदान गर्ने उदेश्यले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान संग सम्झौता गरी सेवा विस्तार गरेको बताए । नगरमा ७५ जना स्वास्थ्यकर्मी परिचालन गरिएको भन्दै नगरमा कति जनशक्तिको आवाश्यक्ता पर्छ त्यही अनुसार आवश्यक जनशक्तिको लेखाजोखा गरेर नगरले परिपूर्ती गर्ने धारणा व्यक्त गरे ।

गुणस्तरीय स्वास्थ्य सेवालाई मध्यनजर गरी राकम कर्णालीमा आधारभूत नगर अस्पतालको स्थापना गरिएको भन्दै उनले जटिल खालका गर्भवतीको लागि यसै अस्पतालमा शल्यक्रिया सेवा सञ्चालनमा ल्याइने बताए । रेडक्रससंगको सहकार्यमा ब्लड बैंक समेत स्थापना गरेर विरामीलाई सहज सेवा दिने बताए ।

स्वास्थ्य क्षेत्रको विकासका लागि सरोकारवालासंग थप सेवा विस्तारको पहल भइरहेको र चौविसै घण्टा इमरजेन्सी सेवा सञ्चालन भएको जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.