भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सिंहदरबारको मुख ताक्दैनौं, आठबीसमै गुणस्तरीय स्वास्थ्य सेवा दिन्छौंः प्रमुख तिमिल्सेना

सिंहदरबारको मुख ताक्दैनौं, आठबीसमै गुणस्तरीय स्वास्थ्य सेवा दिन्छौंः प्रमुख तिमिल्सेना

राकम । जनताको आधारभूत स्वास्थ्य सेवा पाउने अधिकारलाई मध्यनजर गरी आठबीस नगरपालिकाले स्वास्थ्य सेवा दिइरहेको नगर स्वास्थ्य शाखा प्रमुख देवराज तिमिल्सेनाले बताएका छन् । सहरी स्वास्थ्य केन्द्र स्थापना गरी जनताको घर दैलोमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराएको भन्दै भौगोलिक विकटतालाई हेरेर सेवा विस्तार गरेको बताए ।

३३ हजार २०२ जना जनसंख्यालाई हेरेर विशषज्ञ चिकित्सक सहितको सेवा प्रदान गर्ने उदेश्यले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान संग सम्झौता गरी सेवा विस्तार गरेको बताए । नगरमा ७५ जना स्वास्थ्यकर्मी परिचालन गरिएको भन्दै नगरमा कति जनशक्तिको आवाश्यक्ता पर्छ त्यही अनुसार आवश्यक जनशक्तिको लेखाजोखा गरेर नगरले परिपूर्ती गर्ने धारणा व्यक्त गरे ।

गुणस्तरीय स्वास्थ्य सेवालाई मध्यनजर गरी राकम कर्णालीमा आधारभूत नगर अस्पतालको स्थापना गरिएको भन्दै उनले जटिल खालका गर्भवतीको लागि यसै अस्पतालमा शल्यक्रिया सेवा सञ्चालनमा ल्याइने बताए । रेडक्रससंगको सहकार्यमा ब्लड बैंक समेत स्थापना गरेर विरामीलाई सहज सेवा दिने बताए ।

स्वास्थ्य क्षेत्रको विकासका लागि सरोकारवालासंग थप सेवा विस्तारको पहल भइरहेको र चौविसै घण्टा इमरजेन्सी सेवा सञ्चालन भएको जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.