भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

आठबीस नगरपालिका कर्णाली प्रदेशकै उत्कृष्ठ पालिकाका बनाउने बाटोमा छौंः दिलबहादुर शाही

आठबीस नगरपालिका कर्णाली प्रदेशकै उत्कृष्ठ पालिकाका बनाउने बाटोमा छौंः दिलबहादुर शाही

आठबीस । काम पूर्ण गरेर भूक्तानी दिने परिपाटीलाई विकास गरेर लैजाने आठबीस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर शाहीले बताएका छन् । क्वानटिटीलाई होइन, क्वालिटीलाई ध्यान दिएर नगरपालिकाको विकासलाई अघि बढाएको उनको भनाइ छ ।

अछाम, कालिकोट र दैलेखकै कृषि, जडिबुटी, फलफूलका हिसावमा यो पालिका अथाह सम्भावना बोकेको पालिका भएकोले क्वालिटी चेक गर्ने मेसिन ल्याएर यहाँको विकासलाई अगाडि बढाउने सोचमा नगरपालिका रहेको बताए । पालिकामा  छिटै मेसिन ल्याएर त्यस अनुरुप नै विकास निर्माणका कार्य अघि बढाउने बताए ।

कतिपयले नगरपालिकाकै बदनाम गर्ने उदेश्यले मुद्दा मामिला गरिदिने प्रति दुःख व्यक्त गर्दै शाहीले सबै मिलेर हाम्रो र राम्रो नगरपालिकाका रुपमा विकास गरेर लैजाने बनाए । आठबीस नगरपालिका रारा जाने पर्यटकका लागि गेटवे भएकाले यहाँको पर्यटनलाई पनि विकास गरेर लैजाने बताए ।

कैलाश खबरसंगको कुराकानीमा प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर शाहीले दुर्गम भएर पनि सुगम कसरी बनाउन सकिन्छ भनेर नगरपालिका लागि परेको बताए । विकासका सम्भावनाले भरिएको यो पालिकालाई साझेदारी प्रणालीमा लैजाने बताए । कर्णाली नदिको उपयोग गरेर पनि पर्यटकीय हबका रुपमा अगाडि बढाउने बताए ।

मेगासीटिलाई स्थानीय, राजनैतिक दल र सरोकारवालाको धान दिएर यसको विकासमा टेवा पु¥याउने र सरोकारवालाई घचघच्याउने शाहीले बताए । टुक्रे योजना भन्दा पनि एकमुष्ट र एकिकृत योजनालाई ध्यान दिएर विकासलाई अघि बढाउने निर्णय कार्यपालिकाबाट भएकोले यो वर्षदेखि भोलिको महत्वलाई बुझेर दिर्घकालिन योजनामा नगर अगाडि बढ्नेमा आशावादी भएको बताए ।

 

 


Thali Mobile Pvt.Ltd.