काठमाडौं । बिहीबार केहीबेर वर्षा हुँदा सिंहदरबारसँगै जोडिएको सडक जलमग्न भएको छ ।
पर्खालसँगै जोडिएको पुतलीसडक पुरै जलमग्न भएको हो । भल एकत्रित भएको र नाला पुरिएकाले सडक जलमग्न भएको हो ।
जलमग्न भएपछि पैदलयात्री र गाडी चालकहरु समस्यामा परेका छन् ।