भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

बादललाई समेट्ने प्रयास, पत्नी नैनकला बनिन् सञ्चारमन्त्री

बादललाई समेट्ने प्रयास, पत्नी नैनकला बनिन् सञ्चारमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । ओलीले नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन । जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाइएसंगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

२५ सदस्यीय मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री भए । कास्कीबाट निर्वाचित खगराज अधिकारी बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दा उनले गहृमन्त्रीको जिम्मेवारी पाएका छन् । यस भन्दा पहिले महेश बस्नेतको गहृमन्त्रीमा दाबी थियो । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बनेकी छन् । महिला आयोगको अध्यक्ष भइसकेकी थापा सक्रिय राजनीतिमा छन् ।

त्यस्तै प्रधानमन्त्री ओलीले एमालेबाट नादरमुनी रानालाई वनमन्त्री, गशेण पहाडी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवादी पाएका छन् । हुम्ला जिल्लाको प्रतिनिधित्वको रुपमा नेता मोहन वानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी जिम्मेवारी दिइएको छ भने ज्वालाकुमारी साह कृषिमन्त्री बनेकी छन् भने आशा विक वनराज्यमन्त्री बनेकी छन् ।यता जसपाको महन्थ ठाकुर पक्षबाट राजकिशोर यादव उद्योगमन्त्री बनेका छन् ।

 


Thali Mobile Pvt.Ltd.