भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

सिन्धुपाल्चोकमा बाढीले वितण्डा : दर्जनौ बस्ती डुवानमा, ५० जना भन्दा धेरै बेपत्ता

सिन्धुपाल्चोकमा बाढीले वितण्डा  : दर्जनौ बस्ती डुवानमा, ५० जना भन्दा धेरै बेपत्ता

सिन्धुपाल्चोक । हरेक वर्षायाममा बाढी पहिरोको वितण्डा भोगिरहेको सिन्धुपाल्चोकले लगातारको वर्षापछि यसपालि पनि वितण्डा व्यहोेको छ । मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले सदरमुकाम चौतारा र हेलम्बु गाउँपालिका सबैभन्दा बढी प्रभावित बनाएको छ । बाढीले चारवटा पक्की पुल बगाएको र मेलम्ची बजारबाट चौतारा जोड्ने, मेलम्ची बजारबाट दुवाचौर जोड्ने पुल बगाएको छ ।badhi

५० जना भन्दा धेरै बेपत्ता भएको, मेलम्ची खानेपानी ड्याम समाप्त भएको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, यांग्री क्षतबिक्षत बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्री शेर बहादुर तामाङले कैलाश खवरलाई जानकारी दिए । नाकोते पुल, तिम्बु पुल, फट्टे पुल, मेलम्ची पुल, बाहुनेपाटी पुल बाढीले बगाएको छ । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पुर्‍याएको मन्त्री तामाङ जानकारी दिए । प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुटन अपिल समेत गरेका छन् ।Badhi pahiro
सरकारले टेण्ट र खाद्यान्न क्षति भएका बस्ती पुर्‍याउने प्रतिवद्धता समेत जनाए । उनले अन्तरास्ट्रिय समुदायलाई प्राकृतिक बिपत्तिमा साथदिन अपिल गरे । उनले आफु निरिक्षणमा जाने र अत्यावश्यक सामग्री सहित सिन्धुपाल्चोक जाने जानकारी दिए । खोलाको बहकाव झन–झन बढिरहेकाले सप्तकोसीसम्मका बासिन्दहरुलाई सचेत र सुरक्षित रहन अपिल समेत गरे । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बाढी प्रभाबित क्षेत्रका ४ जना व्यक्ति बेपत्ता रहेको जनाइ रहदा धेरै संख्यामा मानिसहरु सम्पर्कमा नआएको स्थानीयले जानकारी दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.