भर्खरै : Sorry, your browser does not support inline SVG.

सिन्धुलीमा कार दुर्घटना हुँदा दुईको मृत्यु

सिन्धुलीमा कार दुर्घटना हुँदा दुईको मृत्यु

सिन्धुली । कार दुर्घटना हुँदा सिन्धुलीमा दुई जनाको मृत्यु भएको छ। आइतबार भएको कार दुर्घटना परी घाइते भएका एक जनाको सिन्धुली अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

आइतबार बा ८ च ५१३५ नम्बरको कार दुर्घटना भएको हो । मृत्यु हुनेमा काभ्रे पनौतिका शिवशरण होछिमर र काठमाडौं गौरिघाटका सहारा प्रसाई रहेका छन् ।

विपि राजमार्ग अन्तरगत कमलामाई नगरपालिका– २ पिपलभन्ञ्याङमा कार २० मिटर तल खसेको हो । दुर्घटना पछि एक महिला र एक पुरुषको घटनास्थलमा नै मृत्यु भएको हो ।

 


Thali Mobile Pvt.Ltd.