भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा | चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता | अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो | सिक्किमको टिस्टा जलविद्युत् आयोजनामा पहिरोको कहर, ८ जनाको मृत्यु; सुरुङभित्र १९ मजदुर फसेको आशंका | वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा प्रक्रिया अब सहज, रकम सिधै बैंक खातामा जम्मा हुने | १२ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह | १ लाख रुपैयाँ चोरीको विवादपछि नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको हत्या, मुख्य आरोपी पक्राउ | बिल लिने उपभोक्तालाई सरकारले दिने भयो १० लाखसम्म नगद उपहार, नयाँ कार्यविधि लागू |

सिन्धुुपाल्चोक घटनाबारे गृहमन्त्रीद्वारा संसदलाई जानकारी

सिन्धुुपाल्चोक घटनाबारे गृहमन्त्रीद्वारा संसदलाई जानकारी

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले मेलम्ची, ईन्द्रावती, याङ्ग्री र लार्के नदीमा गत असार १ गतेको बाढीमा परी पाँच जनाको मृत्यु हुनाका साथै २० जना बेपत्ता भएको जानकारी दिए । राष्ट्रियसभाको आजको बैठकमा उहाँले बाढीपहिरोमा परी छ जना घाइते भएका र ३३८ घर पूर्ण रुपमा क्षति भएको बताए । उहाँले बाढीपहिरोबाट सात पक्की र १४ झोलङ्गे पुल, एक माछा फार्म, ३२ सरकारी भवन र मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्समासमेत क्षति पुगेको जानकारी दिए।

गृहमन्त्रीले घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय पालिकाकोसमेत समन्वयमा जिल्लास्थित सुरक्षा निकायबाट खोज तथा उद्धारको काम गरिएको सदनलाई जानकारी गराए । गृहमन्त्रीको संयोजनमा सबै सुरक्षा निकाय र सरोकारवाला मन्त्रालयबीच बैठक बसी क्षतिको आँकलन गरी पुनःनिर्माण र पुनःस्थापनाको कार्ययोजना बनाइ कार्य शुरु गर्न निर्देशन भएको र सो अनुरुप जोखिम आँकलन गर्ने काम पनि शुरु भइसकेको जानकारी दिए ।

मेलम्ची क्षेत्रमा बाढीपहिराको जोखिम देखिनुुका मुख्य कारण पत्ता लगाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखको नेतृत्वमा खानी तथा भूगर्भ विभाग, जल तथा मौसम विभाग, जलस्रोत तथा सिँचाइ विभाग, त्रिभुवन विश्वविद्यालयका भूगर्भविद् विज्ञ र इञ्जिनीयरिङ अध्ययन संस्थान पुल्चोकका विज्ञसहितको टोलीले अवलोकन गरिसकेको जानकारी दिए ।

गृहमन्त्री खाँणले बाढीबाट त्यस क्षेत्रमा भएको जनधनको क्षतिका कारण प्रभावित जनजीवन विस्तारै सामान्य अवस्थामा फर्काउने प्रयास भइरहेकै बेला साउन १६ र १७ गते मेलम्ची खोलामा लेदो, गेगन् सहितको बाढी पुनः आएपछि ५३ घरमा क्षति पुगेको, एक पक्की पुल हेलम्बु गाउँपालिका ३–७ जोड्ने, एक झोलुङ्गे पुल र एक सामुदायिक भवनमा क्षति भएको जानकारी दिए ।

हेलम्बु क्षेत्रमा जाने राजमार्ग पूर्णरुपमा अवरुद्ध भएकाले वैकल्पिक बाटोका रुपमा काठमाडौंँ–सुन्दरीजल सडकमार्ग, पार्टी भञ्जयाङ–चित्रे सडकका साथै कुटुमसाङगा हुँदै मेलम्ची खानेपानीको मुहानसम्म पुग्ने सडक सञ्चालनमा ल्याउन सरकारले प्रयास गरेको जानकारी दिइयो । गृह मन्त्रालयमा आइतबार बसेको बैठकले विज्ञ टोली लिएर मेलम्चीको मुहानको जोखिम अध्ययन गर्ने, सुन्दरीजल, पाटी भञ्ज्याङ हुँदै हेलम्बु पुग्ने वैकल्पिक बाटो सुचारु गराउने, हेलम्बुको चनौटे र क्युउल जोड्ने बेल्ली ब्रिज भौतिक योजना मन्त्रालयले निर्माण गर्ने निर्णय गरेको पनि जानकारी दिए ।

मेलम्ची बाँधस्थलमा भएको क्षति र सम्भावित जोखिमको आँकलन खानेपानी तथा सरसफाइ मन्त्रालयले प्राधिकरणसँगको संयुक्त टोली बनाइ गर्ने समेत निर्देशन भएको गृहमन्त्री खाँणले सदनलाई जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.