भर्खरै : Sorry, your browser does not support inline SVG.
शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता | प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब जम्मा, ८ अर्ब ५९ करोड बैंकमा मौज्दात | भोटेकोशीको केबल टनेलमा थप एक शव फेला, अहिलेसम्म ९ शव निकालियो | आफ्नै आन्दोलनको जगमा बनेको सरकारमाथि जेनजीका प्रश्नैप्रश्न |

सिरहामा एक लाख ६२ हजारले लगाए खोप

सिरहामा एक लाख ६२ हजारले लगाए खोप

लहान । सिरहामा हालसम्म एक लाख ६२ हजारले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । विसं २०७७ माघदेखि सुरु भएको खोप अभियानअन्तर्गत हालसम्म कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सनको गरी विभिन्न चरणमा एक लाख ६२ हजार जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले बताए ।

प्रमुख यादवका अनुसार सिरहामा एक लाख ११ हजारले पहिलो डोज र ५१ हजारले दुवै डोज खोप लगाइसकेका छन् । जिल्लाका ३० हजारले विभिन्न चरणमा भएको खोप अभियानअन्तर्गत अमेरिकी खोप उत्पादक कम्पनीको जोन्सन एण्ड जोन्सनको खोप लगाएका छन्, जुन एक डोज मात्र लगाउँदा पुग्छ ।

यसैबीच सिरहामा जापानले उत्पादन गरेको कोभिड–१९ विरुद्धको स्ट्रेजेनिका खोप लगाउन सुरु गरिएको छ । सिरहाको १७ स्थानीय तहमध्ये पहिलो चरणमा भदौ १६ र १७ गते १० स्थानीय तहमा र बाँकी सात स्थानीय तहमा भदौ १८ र १९ गते खोप लगाइने कार्यक्रम रहेको प्रमुख यादवले जानकारी दिनुभयो । तय गरिएको स्थानीय तहको स्वास्थ्य संस्थाबाट सर्वसाधारणलाई खोप लगाइने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.